पूर्व राष्ट्रिय क्रिकेटर पवन दास संक्रमित

२५ साउन ७७, आइतबार

२५ साउन, विराटनगर ।
पूर्व राष्ट्रिय क्रिकेटर पवन दास कोरोना संक्रमित भएका छन् ।

Advertisement

सामाजिक सञ्जालमार्फत दास आफैँले आफूलाई संक्रमण भएको पुष्टी गरेका हुन्। उमेर समूहमा राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका उनी पछिल्लो समय गृहजिल्ला सप्तरीमा छन्। उनले पछिल्लो समय स्थानीय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्।

कोरोना पोजेटिभ आएको रहेछ। म सँग १५ गतेपछि सम्पर्कमा आउन हुनेहरु कृपया सुरक्षित रहनुहोला। अरुलाई पनि सुरक्षित राख्नुहोला, दासले फेसबुकमा लेखेका छन्।

Advertisement

सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठका अनुसार उनीसंगै उनका बुवाआमालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ। दासले पछिल्लो संस्करणको सप्तरी प्रिमियर लिग खेलेका थिए भने यू १५ र यू १७ मा राष्ट्रिय टीमबाट खेलिसकेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top