वीरगंजमा थपिए ७५ कोरोना संक्रमित

२४ साउन ७७, आइतबार

२५ साउन, वीरगंज ।
शनिवार राति वीरगंजमा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

६० जना पुरुष र १५ जना महिलामा संक्रमण देखिएको हो। नारायणी अस्पताल ल्याबका अनुसार संक्रमित हुनेमा १२ वर्षीय बालकदेखि ६८ वर्षको वृद्ध समेत रहेका छन्। जसमध्ये पर्सा र वीरगंजमा बस्ने ७० जना रहेका छन् भने बाँकी ५ जना बारा, सर्लाही र एकजना भारतीय नागरिक हुन्।

भारतीय नागरिक भनिएका ३५ वर्षीय पुरुष वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी हुन्। त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नं ६ का ३३ वर्षीय पुरुष, फेटा ६ का २२ वर्षीय पुरुष र परवानीपुर गाउँपालिका ३ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

पर्साका ७० जनामा वीरगंज महानगरका सामाजिक विकास महाशाखाका प्रमुख अरुण कुमार महतोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी नारायणी अस्पतालका दुई जना स्वास्थ्यकर्मी, बेल्वा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, पकहामैनपुर गाउँपालिकाका एक जना स्वास्थ्यकर्मी गरी करिब आधादर्जन स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।

वीरगंज महानगरका दुई जना वारुण यन्त्रकर्मीमा पनि कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ। वीरगंजको छपकैया, विर्ता, आर्दशनगर, श्रीपुर, राधेमाई, रामगढवा, सवैठवा, मिथलानगर, रेशमकोठी, गणेशटोललगायत वडामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

पर्साका ७० जनामा एक जना वीरगंज २ छपकैयाकी २० वर्षिया महिलामा संक्रमण देखिएको हो। उनको उपचारको क्रममा गण्डक कोभिड अस्पतालमा शुक्रवार राति २ बजे मृत्यु भएको थियो।

संक्रमितमध्ये ८ जना जिल्ला प्रहरी कार्यालय पर्साबाट स्वाब संकलन गराएका सुरक्षाकर्मी हुन् र एकको पहिचान खुल्न नसकेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

वीरगंज बाहेक अमरपटिका ३ जना, पकहामैनपुरका २ जना, बहुदरमाईका १ जना, पर्सागढिका ३ जना, पटेर्वासुगौलीका १ जना, जिराभवानी गापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताएका छन्।

पर्सामा हालसम्म १ हजार १५ जनामा कोरोना संक्रमण देखिएको छ भने २१ जनाको मृत्यु भइसकेको छ। साउन यता १७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वस्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top