×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालले भन्यो : बुद्धको जन्मभूमि बहसको विषय होइन,सिंगो विश्व जानकार छ

२५ श्रावण २०७७

२५ साउन, काठमाडौं ।
नेपाल सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले आईतबार औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य रहेको जनाएको हो ।

शनिबार एक कार्यक्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेपछि नेपालले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भनेका छन्, ‘यो ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य हो कि भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको थियो । बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्वीकारेको उनले बताए । नेपालबाट विश्वका अन्य भागहरुमा बुद्ध धर्मको फैलावट भएको उनले बताएका छन् । उनले भनेका छन्– ‘सिंगो विश्व समुदाय यो विषयमा जानकार छ ।’

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top