×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

२५ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(हरेक दिन उस्तै)
नेपालमा आइतबारसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७५ पुग्यो /३ सय ८० नयाँ कोरोना संक्रमित थपिए/ कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुग्यो /१६ हजार ३ सय ५३ जना निको भए ।

Advertisement
Advertisement

२.(परीक्षण र उपचार)
आज आइतबारसम्म पीसीआर विधिबाट ४ लाख ४३ हजार ८ सय ४ जनाको कोरोना परीक्षण /देशभर ११ हजार ३८ जना क्वारेन्टिनमा /६ हजार ५ सय ४४ जना आइसोलेसनमा ।

३.(हटस्पट विराटनगर )
विराटनगरमा आज आइतबार मात्र २९ सहित प्रदेश १ मा ४० संक्रमित थपिए /प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय २३ पुग्यो /९ सय १५ जना डिस्चार्ज ।

४.(कोरोनामा नेपाली)
कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विदेशमा १ सय ९१ नेपालीको मृत्यु /अहिलेसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९२५ जनामा कोरोना संक्रमण पुष्टि/४७ हजार ४३७ कोरोना मुक्त ।

५.(विदेशमन्त्रीले होस् गुमाए)
गौतम बुद्ध भारतमा जन्मिएको भारतीय विदेशमन्त्री एस. जयशंकरको झुटो दाबी/बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहसरविवाद नरहेको नेपाल सरकारको प्रष्टोक्ति /अभिब्यक्ति तथ्यहीन र आपत्तिजनक रहेको नेताहरुको प्रतिक्रिया ।

६.(क्रुरताको नमुना)
काठमाडौं गोंगबुमा अन्दाजी ४५ वर्षीय एक पुरुषको शव भेटियो/टाउको विनाको शव टुक्राटुक्रा पारेर सुटेकसमा फालिएको र टाउको केही पर झोलामा पोको पारेर फालिएको अवस्थामा शव फेला ।

७.(वीरगन्जको अवस्था)
उपचार नपाउँदा बिरामीको मृत्यु भएको भन्दै वीरगन्जको नारायणी अस्पताल अगाडि स्थानीयको विरोध प्रदर्शन /पछिल्लो तीन दिनयता वीरगन्जमा उपचार नपाएर तीन जनाको मृत्यु /निषेधाज्ञा उल्लंघन गर्नेमाथि प्रहरीद्वारा लाठीचार्ज ।

८.(कार्यान्वयन हुन्छ त ?)
कोरोना नियन्त्रणमा प्रभावकारी कार्य गर्न सरकारसंग माग गर्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः ले २३ दिनका दिन अनशन तोडे /स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर ।

९.(उपत्यका भित्रिन नदिने !)
उपत्यका नगरपालिका मेयर फोरमद्वारा उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह / सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनसन जस्ता कुराहरु प्रतिवन्ध गर्नुपर्ने माग ।

१०.(एकताका पक्षधर)
पार्टी एकता जोगाउन नेतृत्वलाई दबाब दिने भन्दै सत्तारुढ नेकपाका सांसदहरुद्वारा ६१ जनाको हस्ताक्षर संकलन गरी सार्वजनिक /विभाजनका विरुद्ध खबरदारी नेकपाका तीनवटै गुटका सांसदहरुद्वारा हस्ताक्षर ।

११.(सभापतिको जिम्मेवारी)
राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिहरुका नवनिर्वाचित सभापतिहरुद्वारा सपथ ग्रहण /संसद पनि बन्द रहेको अवस्थामा काम कारवाही प्रभावकारी बनाउनु चुनौती थपिएको सभापतिहरुको भनाई ।

१२.(कांग्रेसको किचलो)
क्रियाशिल सदस्यहरुको संख्या नतोकिँदासम्म महाधिवेशन सम्बन्धी आचारसंहिता नलाग्ने नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतको भनाई /देउवाले विभागको नेतृत्व गठन गरेर आचारसंहिता विपरित काम गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आरोप ।

१३.(फड्को मार्दे विद्युत)
नेपाल विद्युत प्राधिकरणद्धारा आजबाट ‘स्मार्ट मिटर’ जडान सुरु/पहिलो चरणमा एक लाख मिटर जडान हुने/ घर घर मिटर रिडिङ गर्न जानु नपर्ने/नेपालबाट दैनिक ८० मेगावाटसम्म विद्युत भारत निर्यात हुदै ।

१४.(घटो त सुन)
लगातार बढेको सुनको भाउ आज भने तोलामा ९ सयले घट्यो /चाँदीमा भने नयाँ रेकर्ड कायम / चाँदी आज प्रतितोला १४ सय १० रुपैयाँ निर्धारण ।

र,

Advertisement

१५.(हरेक क्षण बढ्दै)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ७ लाख ३० हजार बढीको मृत्यु /१ करोड ९८ लाख बढी संक्रमित /१ करोड २७ लाख बढी निको भए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top