हङकङका प्रजातन्त्र पक्षधर टाइकून जिमी पक्राउ, विदेशी शक्तिसँग सहकार्य गरेको आरोप

२६ साउन ७७, सोमबार
Share this
693shares

२६ साउन, एजेन्सी ।
हङकङका प्रजातन्त्र पक्षधर टाइकून जिमी पक्राउ परेको उनका सहयोगीले बताएका छन्।

Advertisement

उनलाई विदेशी शक्तिसँग सहकार्य गरेको आरोपमा पक्राउ गरिएको उनका सहयोगी मार्क सिमोनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । चीनले गएको जुनमा हङकङमा लागु गरेको विवादास्पद नयाँ सुरक्षा कानूनको विरोध गरेका उनलाई सोही कानून अनुसार नै पक्राउ गरिएको हो ।

व्यवसायी लाईले गएको वर्ष सुपुर्दगी विधेयकको विरोधमा भएको प्रजातन्त्र पक्षधरहरुको आन्दोलनमा समर्थन गरेका थिए। गएको फेब्रुअरीमा उनीमाथि अवैध सम्मेलन र धम्की दिएको आरोप लगाइएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए।

Advertisement

लाईको मिडिया फर्म नेक्स्ट डिजिटलका कार्यकारी सिमोनले भनेका छन्, ‘जिमी लाईलाई विदेशी शक्तिसँग सहकार्य गरेको अभियोगमा सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।’ लाईको मिडिया फर्म नेक्स्ट डिजिटलले एप्पल नामक दैनिक पत्रिका प्रकाशन गर्ने गरेको छ ।

हङकङका अधिकारीले अहिलेसम्म यो विषयमा सार्वजनिक रुपमा प्रतिक्रिया दिएका छैनन् । नयाँ सुरक्षा कानूनले हङकङमा प्रदर्शनकारी वा उनीहरुको पक्षमा रहनेहरुलाई कारवाही गर्न सजिलो बनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top