अमेरिकामा कोरोना संक्रमित संख्या ५१ लाख नाघ्यो

२५ साउन ७७, सोमबार

२६ साउन, एजेन्सी ।
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५१ लाख नाघेको छ ।

वल्र्डमिटरका अनुसार सोमबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ५१ लाख ९९ हजार नाघेको छ । अमेरिकामा भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ६ सय १७ पुगेको छ । यो विश्वभर मृत्यु हुनेमध्ये करिब एक चौथाइ हो ।

भाइरसको संक्रमणबाट आर्थिक संकटमा परेका अमेरिकीलाई राहत दिने आर्थिक कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका बेला संक्रमितको नयाँ तथ्यांक सार्वजनिक भएको हो ।

Advertisement

यसअघि सार्वजनिक आर्थिक सहयोग प्याकेजबारे कंग्रेसमा सहमति नजुटेपछि उनले छुट्टै राहतसहितको कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top