२७ साउन, काठमाडौँ ।
भदौ १५ सम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था बन्द हुने भएका छन् । सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेपनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म भर्ना अभियान तथा तोकिएका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार समुदायस्तरमा कोरोना फैलन थालेपछि यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय भएको हो ।