त्रिवि उपकुलपति कार्यालयमा नेविसंघद्वारा तोडफोड

२६ साउन ७७, मंगलबार

२७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसुंघ)ले त्रिभुवन विश्वविद्यालय उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेको छ ।

Advertisement

आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको र उच्च अदालत पाटनमा नेविसंघ नेताविरूद्ध मुद्दा दर्ता गरेको विरोधमा नेविसंघले मंगलबार त्रिविका तीन कार्यालय र उपकुलपतिको कार्यालयको गाडीमा ढुंगा हानेर तोडफोड गरेका हुन् ।

ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सीसा फुटेको र गाडीमा पनि क्षति छ ।

Advertisement

नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलविरूद्ध साउन १६ गते पाटन उच्च अदालतमा मुद्दा दर्ता भएको थियो। यसअघि नेविसंघले उपकुलपति कार्यालय लगायतमा ताला लगाएको थियो। पाटन उच्च अदालतले ताला खोल्न अनुमति दिएपछि कार्यालय खुलेका थिए। महेश्वरमान श्रेष्ठ र गणेशलाल श्रेष्ठले मुद्दा दिएका थिए।

उक्त मुद्दामा त्रिवि कार्यकारी परिषद, उपकुलपति कार्यालय, शिक्षाध्यक्ष कार्यालय, रजिष्ट्रार, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल, प्रजातान्त्रिक प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमल्सिना, प्रजातान्त्रिक प्राध्यापक संघ नेपालका महासचिव राजेन्द्र गौतम, नेविसंघ त्रिवि सचिव योगेन्द्र रावल, राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ अध्यक्ष उदयकिशोर तिवारी, राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ उपाध्यक्ष गीता श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।

Advertisement

साउन २३ गते कार्यालय खुले पनि अहिलेसम्म त्रिवि पदाधिकारीले नेविसंघका मागमाथि वार्ता नगरेको आक्रोशमा तोडफोड गर्नु परेको नेविसंघले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top