आगामी अमेरिकी उपराष्ट्रपतिका लागि वाइडेनले छाने कमला ह्यारिसलाई

२७ साउन ७७, बुधबार

२८ साउन, एजेन्सी । आगामी अमेरिकी राष्ट्रपतिको निर्वाचनका डेमोक्रेटिक उम्मेदवार जो वाइडेनले उप(राष्ट्रपति पदका लागि सिनेटर कमला ह्यारिसलाई छनौट गरेका छन्।

उनले मंगलबार कमलालाई नोभेम्बरमा हुने निर्वाचनमा उप-राष्ट्रपतिका रूपमा आफ्नो साथमा उभ्याउने घोषणा गरेका हुन्।

क्यालिफोर्नियाकी ५५ वर्षीया सिनेटर अमेरिकी इतिहासमा राष्ट्रपति पदसँग सम्बन्धित महत्वपूर्ण पदमा टिकट पाउने पहिलो अश्वेत महिला हुन्।

वाइडेनले यसअघि नै उप-राष्ट्रपति पदका लागि एक जना महिलालाई नै उठाउने स्पष्ट पारेका थिए। यस दौडमा कमलासँगै पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा सुरक्षा सल्लाहकार रहेकी सुसन राइसलाई सम्भावित बलियो उम्मेदवारका रूपमा हेरिएको थियो।

अश्वेत अमेरिकी नागरिकप्रति प्रहरीले देखाउने विभेदकारी रवैयाका कारण बितेका केही महिनादेखि अशान्त रहँदै आएको अमेरिकी परिस्थितिले पनि वाइडनलाई उप-राष्ट्रपति निर्वाचनमा कुनै अश्वेत महिला उठाउनुपर्ने दबाब बढ्दै गइरहेको थियो। ह्यारिस यस पदमा टिकट पाउने पहिलो एसियन-अमेरिकन समेत हुन्। उनकी आमाको जन्म भारतमा भएको थियो।

उपराष्ट्रपति पदमा आफूलाई चयन गरिएपछि ह्यारिसले वाइडनले नै अमेरिकीहरूलाई एकताबद्ध गर्न सक्ने बताएकी छन्।

’जो वाइडनले अमेरिकी नागरिकलाई एकताबद्ध गर्न सक्छन् किनकी उनले आफ्नो सारा जीवन हाम्रा लागि लड्नमा बिताएका छन्। र राष्ट्रपतिका रूपमा उनले एउटा आदर्शमा बाँच्न सक्ने अमेरिका बनाउनेछन्’, ट्विटमा ह्यारिसले भनेकी छन्, ’म उनीसँग हाम्रो पार्टीका तर्फबाट उप-राष्ट्रपतिका रूपमा मनोनित हुन पाउँदा गौरवान्वित भएकी छु र म उनलाई आफ्नो कमान्डर इन चिफ बनाउनका लागि जे पर्छ त्यो गर्छु।’

वाइडेन र ह्यारिस बुधबार चुनावी अभियानका लागि वाइडेनको गृहनगर विलमिङटन, डेलावेरमा पहिलोपटक एकसाथ प्रस्तुत हुनेछन्।

अमेरिकाले आजसम्म कुनैपनि महिला उपराष्ट्रपतिका बनेकी छैनन्।

अघिल्लो निर्वाचनमा हिलारी क्लिंटन राष्ट्रपति पदमा पहिलोपटक कुनै मुख्य दलको तर्फबाट महिला उम्मेदवार बनेकी थिइन्। उनी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन्।

क्यालिफोर्नियाको पूर्व महान्याधिचक्ता समेत रहेकी ह्यारिस सिनेटमा आफ्नो आक्रामक प्रश्न सोध्ने शैलीका लागि परिचित छिन्।

वर्तमान अमेरिकी राष्ट्रपतिले वाइडनको उमेरलाई लिएर उनले राष्ट्रपतिका रूपमा देखाउनुपर्ने कार्यदक्षता देखाउन नसक्ने प्रश्न ट्रम्पले उठाइरहेको सन्दर्भमा वाइडनले गर्ने उप-राष्ट्रपति उम्मेदवारको छनौट महत्वपूर्ण मानिदै आएको थियो।

ह्यारिसको नाम घोषणा भएसँगै ट्रम्पको चुनावी अभियानले तुरून्तै ह्यारिसको आलोचना गरेको छ। उनीहरूले ७७ वर्षे वाइडनको ’राजनीतिक शैली’ भन्दै खिसी गरेका छन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top