विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु

२८ साउन, विराटनगर ।
विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको मृत्यु भएको हो ।

Advertisement

सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिएको उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनको बुधबार बेलुका ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक रहेको खुलेको छ । मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेका उनलाई कोरोना संक्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या थियो । बुधबार बिहानसम्म उनको अवस्था सामान्य भएपनि दिउँसो अवस्था गम्भीर बनेको थियो ।

Advertisement

यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top