सांसदले भने–सरकार सीमा समस्या समाधानमा गम्भिर बनेन

२८ साउन, काठमाडौँ ।
सांसदहरुले नेपालको अद्यावधिक नक्सा जारी गरेपनि सरकारले वास्तविक सीमा समस्या समाधानका लागि गम्भिरता नदेखाएको आरोप लगाएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको छलफलमा सांसदहरुले भारतसँगको वास्तविक सीमा समस्या समाधानका लागि सरकारले गम्भिरता नदेखाएको आरोप लगाएका हुन् ।

स्ट्रिप नक्साको बलमा भारतले कञ्चनपुर जिल्लामा नेपालीले भोगचलन गर्दै आएको भूमि अतिक्रमण गरेको विषयमा भएको छलफलमा सांसदहरुले यस्तो आरोप लगाएका हुन । सांसद देवेन्द्रराज कँडेलले जारी भएको नयाँ नेपालको नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि समेटिएको छ की छैन भन्ने प्रश्न गरे । द्वन्दकालमा नेपाली टोली समेत भारतमा गएर जारी गरेको नक्साका कारण समस्या उत्पन्न भएको देखिएकोले गम्भिरता देखाएर यो विषयमा अध्ययन गर्नुपर्ने बताए ।

सांसद रामसहाय प्रसाद यादवले सीमा सम्बन्धि बास्तविक काम कति सम्पन्न भयो भन्ने तथ्याङ्क सम्बन्धित मन्त्रालय लगायत सरोकारलाहरुसँग छ की छैन भन्ने आशंका व्यक्त गरे । उनले नक्सा जारी भएपनि सीमा समस्या समाधानका लागि सरकार तयार नभएको बताए ।

Advertisement

सांसद नरबहादुर धामीले सीमा रक्षाका क्रममा गोविन्द गौतमको हत्या भएको घटनामा अनुगमन गर्न चुकेको सरकार जग्गाधनी पुर्जा समेतको भूमि भारततर्फ जाँदा पनि गम्भिर नभएको बताए । नेपाल भित्र हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेर जनतालाई आतंकित बनाउने गरेको कुरा पटक पटक संसदमा उठाउादा पनि सरकारले वास्ता नगरेको उनले बताए ।

सांसद रेखा शर्माले दिर्घकालिन रुपमा सीमा समस्या समाधान गर्ने बाटो तर्फ सरकार अग्रसर हुनुपर्ने बताइन् । उनले द्वन्दकालिन समयमा सीमा निर्धारण टोलीमा को को भिए भन्ने पत्ता लगाएर समितिमै बोलाउनुपर्ने बताइन् ।

Advertisement

बैठकमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले अद्यावधिक नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि पनि समेटिएको बताइन् । स्ट्रिप नक्सा दुई देशको सहमतिमा खारेज हुने प्रावधान रहेको उल्लेख गर्दै भारतको केही भूमि नेपाल तर्फ समेत रहेको बताइन् ।

बैठकमा कोभिड—१९ का सन्दर्भमा पनि छलफल भएको थियो । पतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस रोकथामका लागि सरकारले काम नसकेको बताएका थिए । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुप्रति गरको टिप्पणीप्रति सांसदहरुले आपत्ति व्यक्त गरेका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top