चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने

२९ साउन ७७, बिहीबार

काठमाडौँ : पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ ।

Advertisement

नेपाल आयल निगमको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उक्त पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यक्रम सूचीकृत गरिएको छ । केरुङदेखि काठमाडौँसम्म प्रस्तावित पाइप–लाइन बिछ्याउने योजना अगाडि बढ्दा भारतसँगको निर्भरतामा सन्तुलन आउन सक्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा भएको चीन भ्रमणमा समेत पेट्रोलियम आपूर्तिबारे छलफल तथा सहमति भएको थियो ।निगमका प्रवक्ता विनितमणि उपाध्यायले चीनको केरुङदेखि काठमाडौँसम्म पाइपलाइन बिछ्याउने योजना अगाडि बढाइएको बताउँदै चालू आर्थिक वर्षमा निगमले उक्त पाइप लाइनबारे प्रारम्भिक अध्ययन गर्ने जानकारी दिनुभयो ।

Advertisement

“चीनबाट पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन बिछ्याउने विषय निगमको यस वर्षको नीति तथा कार्यक्रममा परेको छ,” उहाँले भन्नुभयो, “सोको लागि चालू आर्थिक वर्षमा प्रारम्भिक अध्ययन गरिने छ ।”,  यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top