×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

अवैध मिर्गौला प्रत्यारोपण आरोपमा पक्राउ परेका १३ जना धरौटीमा रिहा

२९ श्रावण २०७७

२९ साउन, चितवन । चितवनको पुरानो मेडिकल कलेजमा नक्कली भान्जा बनाई अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पक्राउ परेका १३ जना धरौटीमा रिहा भएका छन्।

बुधबार जिल्ला अदालत ललितपुरले उनीहरुलाई २० हजार देखि ४ लाख रुपैयाँसम्म धरौटी माग गरेको थियो। महानगरीय प्रहरी परिसरका एसपी तुलबहादुर कार्कीका अनुसार उनीहरू धरौटी बुझाएर छुटेका छन् ।

Advertisement
Advertisement

मिर्गौला दिने नक्कली भान्जा सन्तोष राई २० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । चितवन जिप्रकाका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, कानुनी सल्लाहकार रमेश काफ्ले, अस्पतालका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ तथा चिकित्सक डा. बालकृष्ण कालाखेती र मानवअंग प्रत्यारोपण केन्द्रका डा. राकेशकुमार बर्मा ५० हजार धरौटीमा छुटेका छन्।

ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, ललितपुर जिल्ला प्रशासनका खरिदार नवराज केसी र कार्यालय सहायक रामकुमार केसी ५० हजार रुपैयाँका दरले धरौटी बुझाएर छुटेका छन्।

मिर्गौला लिने व्यक्तिकी बहिनी जमुना बतास, मध्यस्थकर्ता रेश्मा राई, सई योगेन्द्र थपलिया र भीमप्रसाद खनाल ४ लाख धरौटी बुझाएर छुटेका हुन्।

एसपी कार्कीका अनुसार यस घटनामा प्रहरीले १९ जनालाई प्रतिवादी बनाएको थियो। त्यसमध्ये पाँच जना अझै फरार छन्।

अस्पतालले मिर्गौला दिने र लिनेलाई २०७६ साल जेठ २० गते भर्ना गराएको थियो। तर मिर्गौला प्रत्यारोपण समितिले उनीहरूलाई प्रत्यारोपण गर्न २०७६ साल जेठ २६ गते मात्रै स्वीकृति दिएको मानव बेचबिखन नियन्त्रण ब्युरोको अनुसन्धानले देखाएको थियो।

स्वीकृति पाएको भोलिपल्टै एक जनाको मिर्गौला झिकेर अर्को व्यक्तिमा हालिएको थियो। जसमा अस्पतालका डाक्टर सुप्रभात श्रेष्ठ लगायतकाको टिम संलग्न थियो। बिरामीलाई पहिला नै भर्ना राखेर हतार हतार अस्पतालले मिर्गौला प्रत्यारोपण गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको थियो।। सक्कल कागजात नहेरी फोटोकपीमात्र राखेर अस्पतालले सामान्य विवेक पनि प्रयोग नगरी काम गरेको भेटिएको प्रहरीले जनाएको छ।

Advertisement

कलेजका संचालक भारतीय नागरिक नागेन्द्र पम्पाटी र भि नटराज हुन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top