भारतका पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्यवस्था थप गम्भीर

२९ साउन ७७, बिहीबार

२९ साउन, काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ ।

Advertisement

शल्यक्रिया पश्चात आजसम्म पनि उनको स्वास्थ्यमा कुनै सुधार नआएको उनको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनी गएको साउन २६ गतेदेखि दिल्लीको आर्मी आरआर अस्पतालमा उपचाररत छन् । उनको अवस्था थप चिन्ताजनक बन्दै गएको छ ।

Advertisement

कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अवस्था चिन्ताजनक भएपछि बचाउनका लागि मुखर्जीको मस्तिष्क शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top