युएनओपिएसले नेपाल प्रहरीलाई दियो ७० लाखको स्वास्थ्य सामग्री

२९ साउन ७७, शुक्रबार

२९ साउन, काठमाडौं ।
परियोजना सेवाहरूको लागि संयुक्त राष्ट्र संघ कार्यालय (UNOPS) ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँमूल्य बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

उक्त सामग्री ग्ल्इएक्को काठमाडौस्थित कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच (UNOPS) नेपालका कन्ट्री डाइरेक्टर चार्लेसले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ५ सय थान मेडिकल पीपीई सेट, ५ सय थान फेस सिल्ड, ५ सय थान क्याप, ५ सय थान सु–कभर, ५ सय थान सर्जिकल ग्लोभ्स, ५० हजार थान सर्जिकल मास्क, ५० हजार थान नन–सर्जिकल रबर ग्लोभ्स, १६ लिटरको ५ सय थान डिसइनफेक्टेन्ट स्प्रे, १ हजार २ सय लिटर डिसइनफेक्टेन्ट लिक्विड र ५ सय थान थर्मोमिटर गन रहेका छन् ।

Advertisement

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले (UNOPS) ले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गर्दै आगामी दिनमा नेपाल प्रहरी र (UNOPS) बीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

कन्ट्री डाइरेक्टर चार्लेसले नेपाल प्रहरीसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै सहकार्य र समन्वयलाई निरन्तरता दिइने बताएका छन् । नेपाल प्रहरीलाई आवश्यक साथ र सहयोग प्रदान गर्नका लागि आफू सदैव तत्पर रहेको उनले बताए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top