भरतपुर महानगरपालिकामा आज रातिदेखि निषेधाज्ञा जारी

३० साउन, चितवन । चितवनमा दिनै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिने भएको छ ।

Advertisement

आज शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन्।

उनले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिइन्।

Advertisement

आज (शुक्रबार) प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायीहरूसँग भएको छलफलले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।

चितवनमा सबभन्दा बढी कोरोना संक्रमित भरतपुर महानगरपालिकामा भेटिएका छन्।

Advertisement

भरतपुर महानगरभित्र कोरोना भाइरस समुदायस्तरमै फैलिएको आशंका गर्दै निषेधाज्ञा घोषणा गरिएको हो।

बिहीबार साँझ भरतपुरका ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top