काठमाडौँ र वीरगञ्जमा गिरफ्तारीमा परेका विद्यार्थीको रिहाइको माग

३१ साउन ७७, शनिबार

३१ साउन, काठमाडौं ।
नेपाल विद्यार्थी सङ्घले काठमाडौँ र वीरगञ्जमा गिरफ्तार परेका विद्यार्थीको रिहाइको माग गरेको छ ।

Advertisement

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले शुुक्रबार विज्ञप्ति जारी गरी विभिन्न माग राखेर शान्तिपूर्ण आन्दोलनमा रहेका विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै ती विद्यार्थीलाई विनाशर्त रिहाइ गर्न माग गरेका हुन् ।

“ वीरगञ्जमा स्वास्थ्य संस्थाले नियमित स्वास्थ्य सेवा प्रदान गर्न, कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थी साथै साउन २७ मा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षसँग विभिन्न माग राख्न जाँदा प्रहरीको गिरफ्तारमा परेका विद्यार्थीलाई तत्काल रिहाई गर्नुपर्छ”, अध्यक्ष ढुङ्गानाले भने।

Advertisement

आम विद्यार्थीको भविष्यलाई मध्यनजर गरी नेविसङ्घले वैकल्पिक विधिबाट पठनपाठन र परिक्षा सञ्चालन गर्न माग गर्दा प्रहरीले धडपकड गरेको नेविसङ्घले जनाएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विद्यार्थीले आफ्ना जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले गिरफ्तार गरेर झुटा मुद्दा लगाउनु दुःखद कुरा भएको बताए ।

नेविसङ्घले आन्दोलनका क्रममा प्रहरीको गिरफ्तारमा परेका विद्यार्थी नेता श्यामराज ओझा, सम्झना खत्री, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवर, सञ्जय चौधरीलगायत तत्काल रिहाइ गर्नुपर्ने बताएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top