पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

३१ साउन ७७, शनिबार

३१ साउन, पर्सा ।
पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

Advertisement

हिजो बेलुकी वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षका पुरुषको ज्यान गएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ गते वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका ती पुरुषमा उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसको समस्या रहेको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ भने नेपालमा सय जनाको ज्यान गएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६ सय १३ को पीसीआर परीक्षण गर्दा २५ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

जसमध्ये १९ हजार ७७ जना निको भएका र ७ हजार ३ सय ७५ जना आइसोलेशनमा छन् । १४ हजार ६ सय ३८ जना भने क्वरेण्टीनमा रहेका मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top