दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पूरा

३० साउन ७७, शनिबार

३१ साउन, एजेन्सी ।
जापानले द्वितीय विश्वयुद्धमा आत्मसमर्पण गरेको ७५ वर्ष पूरा भएको दिनको सम्झनामा युद्ध स्मारकमा कार्यक्रम गरेको छ।

जापान विरुद्धको विजय दिवसका रूपमा विश्वका विभिन्न देशमा कार्यक्रम आयोजन गरिने दिन विश्वयुद्ध समाप्त भएको दिन मानिन्छ। जापान विरुद्धको युद्धमा १२,००० युद्धबन्दीसहित ७१,००० ब्रिटिश र कमनवेल्थ सैनिक मारिएको बताइन्छ। जापानका सैनिक र नागरिक गरी २५ लाखभन्दा बढी व्यक्ति मारिएको अनुमान गरिन्छ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले टोकियोको एक विवादास्पद युद्ध स्मारकमा चढाउन भेट पठाए पनि उनी त्यहाँ उपस्थित भएनन्। तर उनका दुई मन्त्रीहरू भने यासुकुनी स्मारकमा पुगे जसले चीन र दक्षिण कोरियालाई आक्रोशित बनाउने सम्भावना छ।चीन र दक्षिण कोरियाले सो स्मारकलाई जापानको सैन्य दमनको प्रतीक मान्छन्।

Advertisement

त्यहाँ युद्धपछि विजेता शक्तिले युद्ध अपराधी प्रमाणित गरेका १४ जापानी नेताहरूको स्मारक छ। सन् १९४५ अगस्ट १५ का दिन जापानी सम्राट हिरोहितोले राष्ट्रको नाममा सम्बोधन गर्दै युद्ध समाप्त भएको घोषणा गरेका थिए। जापानले आधिकारिक रूपमा आत्मसमर्पणको दस्तावेजमा सेप्टेम्बर २ तारिखमा हस्ताक्षर गरेको थियो।

युरोपमा चार महिना अगाडि मे ८ तारिखमा जर्मनीले आत्मसमर्पण गरेपछि विजय दिवस मनाइसकिएको थियो तर एशियामा त्यसपछि पनि यु्द्ध जारी रहेको थियो।अमेरिकाले हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ तारिखमा दिन परमाणु बम खसालेपछि जापानले आत्मसमर्पण गरेको थियो। ती बमले २००,००० भन्दा बढी मानिसहरू मरेको मानिन्छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top