३१ साउन, पर्सा ।
पर्सामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा ७ महिला सहित २३ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार बाराका तीन र वीरगन्जका २० जना कोरोना संक्रमित थपिएका हुन् ।
जसमा ११ वर्षीय बालकदेखि बालकदेखि ६५ वर्षको वृद्ध छन । यो सँगै पर्सामा संक्रमित हुनेको संख्या एक हजार एक सय ८९ पुगेको छ । त्यसमध्ये दुई सय ७३ जना संक्रमित निको भएका छन् । हालसम्म २१ जनाको मृत्यु भएको छ ।