लुम्बिनी प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु

३० साउन ७७, शनिबार

३१ साउन, रुपन्देही ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु–७ मायादेवीका एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

शनिबार बिहान ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो । बुटवलस्थित प्रादेशिक अस्पतालमा रहेको ‘एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२’ प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना देखिएको अस्पतालका मेडिसिन डिपार्टमेन्ट प्रमुख डा. सुदर्शन थापाले बताए ।

साउन २९ गते अस्पताल भर्ना भएका उनलाई निमोनिया भएको थियो । २९ गते नै स्वाब परीक्षणका लागि पठाइएकामा ३० गते आएको रिपोर्टको नतिजा प्रस्ट नआएकाले पुनः पीसीआर परीक्षणका लागि पठाइएको थियो । उक्त रिपोर्ट नआउँदै शनिबार बिहान एक्सपर्ट जाँच गरिएको डा. थापाले बताए ।

Advertisement

यसअघि पनि कपिलवस्तुका एक जनाको उपचारकै क्रममा बुटवलमा मृत्यु भएको थियो । कपिलवस्तुमा लक्षण देखिएका संक्रमितको संख्या निरन्तर बढिरहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा थप ४ जना आइसोलेसनमा उपचाररत छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top