३१ साउन, इटहरी ।
सुसरीको रामधुनी नगरपालिकामा बडा नम्बर ५ मा अबस्थित क्षेत्रीय कारागारमा रहेका ४ जना कैदिबन्दीमा कोरोना पोजेटिभ देखिएको छ ।
क्षेत्रीय कारागारमा बिभिन्न मुद्धामा कैद भुक्तान गरिरहेका १८ जनाको साउन २७ गते गरिएको पिसिआर परिक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। २० र २१ वर्ष उमेर समूहका १,१ जना तथा ५५ वर्षीय २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिएका छन।
कोरोना संक्रमण भएका उनीहरुलाई कारागार वा आइसोलेसनमा राख्ने भन्ने विषयमा छलफल भइरहेको पौडेलले बताए । यो सँगै रामधुनी नगरपालिकामा कोरोना संक्रमितको संख्या २० पुगेको छ । जसमा १० जना निको भएर घर फर्किसकेका छन् ।