NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट सोमवार साउन ५ , २०८२
मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै सोमवार साउन ५ , २०८२
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
Next
Prev

समाचार

अधिवक्ता भन्छन,‘आउट डेटेड कानून’ कोरोना भयावह

शनिबार साउन ३१ , २०७७
Reading Time: 1 min read
A A
अधिवक्ता भन्छन,‘आउट डेटेड कानून’ कोरोना भयावह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ साउन, काठमाडौं ।
वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संक्रामक रोग सम्बन्धी ‘आउट डेटेड कानून’ को प्रयोग भएकाले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी नतिजा आउन नसकेको बताएका छन् ।

संविधान जारी भएपछि निर्माण भएका ऐन कानूनहरुको प्रयोग नगरी सरकारले ‘आउट डेटेड कानून’ को मात्रै प्रयोग गरेकाले महामारी नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको उनले बताए । २०२० सालमा ल्याइएको संक्रामक रोग ऐनले कोरोना लगायत कुनैपनि महामारी लाई चिन्न नसक्ने भएकाले उक्त कानूनको प्रयोग गर्नु उपयुक्त नहुने उनले बताए ।

नेपाल टाइम्सका संवाददातासँग कुरा गर्दै उनले संक्रामक रोग ऐन २०२० ले यात्रा गरिरहेका व्यक्तिलाई शंका लाग्यो भने जाँचबुझ गर्ने र नियन्त्रणमा लिई आइसोलेसनमा राख्ने बाहेकका कुनैपनि काम गर्न नसक्ने बताए ।

Advertisement

कोरोना रोकथाम तथा नियन्त्रणका लागि संसारका अन्य मुलुकहरुले तत्काल कानून बनाएर काम गरेको तर नेपालमा पुरानै कानूनलाई प्रयोग गरिएको उनको भनाई छ । संविधानले महामारीको समयमा आकस्मिक काम गर्न र आदेश गर्न सक्ने व्यवस्था गरेको भएपनि सरकारले त्यसो गर्न नसकेको उनले बताए । उनले भने, ‘‘नेपाल सरकारका सामू चार वटा विकल्प थिए ।

एउटा संविधानले नै संक्रामक रोग लाग्यो महामारी लाग्यो भने आकस्मिक काम गर्न सक्थ्यो, अर्डर गर्न सक्थ्यो त्यो विकल्प रोजेन । दोस्रो विकल्प विपद व्यवस्थापन न्यूनीकरण ऐन थियो २०७४ मा बनेको त्यो ऐन प्रयाप्त थियो ।

अपोजिसन लिडर समेत र सबै सिभिल सोसाइटिका मान्छेहरु समेत रहेको केन्द्रमा संरचना प्रदेशमा संरचना स्थानीय तहमा संरचना वडा तहमा पनि संरचना प्रफेक्टलि त्यो कानूनले काम गथ्र्यो । त्यो कानून प्रयोग गरिदिएको भए स्वास्थ्य सामग्रीहरु खरिद गर्नका निम्ति सार्वजनिक खरिद ऐन प्रयोग गर्नपनि पर्दैन थियो ।

त्यो झण्झटबाट पनि मुक्त हुन्थ्यो । त्यो प्रयोग गर्नपनि सरकारले चाहेन । तेस्रो जनस्वास्थ्य ऐन छ जनस्वास्थ्य ऐन भर्खरै बनेको ऐन हो २०७४ मा त्यो ऐनले पनि महामारी नियन्त्रण गर्नका निम्ति भनेर केही व्यवस्थाहरु गरेको छ । त्यो ऐन पनि प्रयोग गर्न चाहेन र पुरानो आउटडेटेड ऐन प्रयोग गरेको कारणले सरकार त्यहानेर फस्यो ।’’

संविधानले संक्रामक रोग, सरुवारोग र महामारी लगायतको नियन्त्रणका लागि संघीय सरकारलाई अधिकार दिएको भएपनि त्यस विपरित व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइएकाले पनि समस्या उत्पन्न भएको उनले बताए ।

क्वारेन्टाइन निर्माण गरी व्यवस्थापनको सम्पूर्ण काम स्थानीय तहले गर्नुपर्ने तर अधिकार र कोष सबै संघीय सरकारले राखेकाले समस्या उत्पन्न भएको देवकोटाको भनाई छ ।

लकडाउनको अवस्थामा जनता घर भित्र बस्ने र सरकार सडकमा आउने भएकाले त्यसको अनुगमन संसदले गर्नुपर्नेमा कोरोना सुरु भएदेखि नै संसद बन्द गरेर बस्दा नीति निर्माण देखि सरकारका कामकारबाहीको निगरानी हुन नसकेको उनले बताए ।

उनले भने ‘‘संसारका संसदहरु कोरोना आएपछि बसे, निरन्तर बसे । आवश्यक कानूनहरु बनाए । सरकारको कामको अनूगमन गरे सरकारलाई निर्देशन दिने काम गरे । जनताका सामू जनताका प्रतिनिधिहरु ठिकठाक छन है जनतालाई आस्वस्थ पारिरहेका छन भन्ने कुरा पुष्टि गरे ।

हामीकोमा भयो के भने कोरोना आयो भनेपछि सूचना टासेर केही समय बैठक पर सारीयो र पछि अधिवेशन अन्त्य गरियो । पछि बजेट ल्याउनै पर्ने भएको हुनाले बजेट सम्म ल्याइयो त्यसपछि तुरुन्तै अपर्झट अन्त्य गरियो संसद हुनु र नहुनुको अर्थ देखिएन यो पनि संसारको अनुभवबाट हेर्दाखेरी देखिएको अमिल्दो कुरा भयो ।’’

यस सम्बन्धमा कानून समाजले अध्ययन गरी तयार पारेको प्रतिवेदन संघीय संसदकोे शिक्षा तथा स्वास्थ्य समितिलाई बुझाइ सकेको पनि देवकोटाले बताए । प्रतिवेदनमा विपद् जोखिम न्यूनीकरण व्यवस्थापन ऐन २०७४ र जनस्वास्थ्य ऐन २०७४ को अवस्था र अन्तर्राष्ट्रिय अनुभव र अभ्यासलाई समेटिएको उनले बताए ।

सरकारले कार्यान्वयन गरिरहेको संक्रामक रोग ऐन, २०२० अपूर्ण रहेको निष्कर्ष सहित प्रतिवेदनले जोखिम न्यूनीकरण व्यवस्थापन ऐन २०७४ र जनस्वास्थ्य ऐन २०७४ लागू गर्न समेत सुझाव दिएको उनले बताए ।

लोकप्रीय

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२

विचार

थप समाचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो
अपराध

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट
अन्तर्राष्ट्रिय

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
अन्तर्राष्ट्रिय

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.