३२ साउन, चितवन ।
चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार रातीसम्म गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका १ जना गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं। ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् भने महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।
संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत रहेको जनाईएको छ । संक्रमितमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु छन् ।
यस्तै, चितवनको रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षकी हुन् ।
त्यसैगरी, चितवनकै खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू दुवै जना क्वारेन्टिनमा छन् ।
भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ४७४ नमुना परीक्षण गरिएको थियो