×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

धोनीको उच्च प्रदर्शनले चेन्नईको रोमाञ्चक जित

१३ बैशाख २०७५

कप्तान महेन्द्र सिंह धोनीले उत्कृष्ट प्रदर्शन गरेपछि रोयल च्यालेन्जर्स बैंलोरलाई ५ विकेटले हराउँदै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ।

२ सय ६ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरको खेलमा अन्तिम २ बल बाँकी रहँदा ५ विकेट गुमाएर विजयी भयो।

Advertisement
Advertisement

अन्तिम ओभरमा जितका लागि चेन्नईलाई १६ रनको आवश्यकता थियो। त्यस्तोमा ड्वान ब्राभोले पहिलो बलमा चौका, दोस्रोमा छक्का र तेस्रो बलमा १ रन जोडेका थिए। त्यो अवस्थामा चेन्नईलाई जितका लागि अन्तिम ३ बलमा जितका लागि ५ रनको आवश्यकता थियो। धोनीले चौथो बलमा छक्का प्रहार गर्दै टोलीलाई २ बल अगावै महत्वपूर्ण जित दिलाए ।

धोनीले अविजित ७० र ब्राभोले अविजित १४ रन जोडेका थिए।

त्यसअघि अम्बाटी रायडुले सादनार प्रदर्शन गर्दै ८२ रन बनाएका थिए। रायडु र धोनीले पाँचौं विकेटका लागि १ सय १ रनको साझेदारीसमेत गरेका थिए।

४ विकेटको क्षतिमा ७४ रनबाट धोनी र रायडुले टोलीलाई अघि बढाएका थिए। रायडुले ५३ बलमा ८ छक्का र ३ चौकाको मद्दतमा ८२ रन बनाए । ३४ बल खेलेका धोनीले ७ छक्का र १ चौका प्रहार गरे।

यस्तै सुरेश रैनाले ११ रन बनाए भने त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बैंगलोरका लागि युजभेन्द्र चहालले २, पवन नेगी र उमेश यादवले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले क्विन्टन डी कक र एबी डी भिलियर्सको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो।

डी भिलियर्सले आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ६८ रन बनाएका थिए। उनले ३० बलमा ८ छक्का र २ चौका प्रहार गरेका थिए। डी ककले ५३ रन जोड्ने क्रममा ३७ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरे। मन्दीप सिंहले ३२, कप्तान विराट कोहोलीले १८, वासिङटन सरदारले अविजित १३, कोलिन डी ग्रान्डहोमेले ११ रन जोडेका थिए।

चेन्नईका सर्दुल ठाकुर, इमरान ताहिर र ड्वान ब्राभोले समान २-२ विकेट लिएका थिए ।

यो जितसँगै समान ६ खेलबाट समान १० अंक भए पनि किङ्स ११ पञ्जाब रनरेटका आधारमा दोस्रो स्थानमा झरेको छ। छैटौं खेलमा पाँचौ जित निकालेको चेन्नईको यो पाँचौ जित हो।

यता छैटौं खेलमा बैंगलोरको भने  यो चौथो हार थियो। यो सँगै २ खेल जितेको बैंलोर ४ अंकसहित तालिकाको छैठौं स्थानमा छ।

बुधबारको खेलसँगै सबै टिमले ६ खेल खेलिसकेका छन्।

आजदेखि आइपिएलमा सातौ चरणका खेलहरू हुँदैछन्। जसअन्तर्गत बिहीबार सनराइजर्स हैदराबाद र किङ्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ।

Advertisement

६ खेलमा ५ जितका साथ पञ्जाब दोस्रो स्थानमा हुँदा तेस्रो स्थानको हैदराबादको ८ अंक छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top