बुटवलमा उपमहानगरका कर्मचारीसहित १६ नयाँ संक्रमित थपिए

३२ साउन ७७, आइतबार

३२ साउन, बुटवल ।
बुटवल उपमहानगरपालिकामा १६ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

संक्रमण पुष्टि भएका १३ जना समुदायस्तरका हुन् भने तीनजना उपमहानगरपालिकाका कर्मचारी हुन् । त्यसमध्ये दुईजना शाखा प्रमुख रहेका छन् । यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण पुष्टि भएको थियो।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार आइतबार संक्रमण पुष्टि भएकाहरुको विस्तृत विवरण आइनसके पनि अधिकांश कालिकानगर क्षेत्रका हुन् । तीमध्ये यसअघि कन्ट्याक्ट ट्रेसिङमा १५ जनाको एकैपटक स्वाब संकलन गरिएकोमध्येका ७ जना हुन्।

Advertisement

१५ जनामध्ये अरुको रिपोर्ट नेगेटिभ आएको छ। एकजना वडा नं २ का हुन् । योसँगै बुटवलमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top