उदयपुरको कटारी नगरपालिकामा अनिश्चितकालीन लकडाउन लागु

३२ साउन, उदयपुर । उदयपुरको कटारी नगरपालिकामा आजदेखि अनिश्चितकालीन लकडाउन लागु गरिएको छ ।

Advertisement

आज दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि लकडाउन लागु गरिएको हो ।

स्वास्थ्य सेवा र औषधि पसलबाहेक अन्य कुनै व्यवसाय सञ्चालन गर्न रोक लगाइएको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए ।

Advertisement

आज बिहान बसेको बैठकले कोरोनाभाइरस संक्रमण समुदायस्तरमै फैलिएको भन्दै लकडाउन गर्ने निर्णय गरेको हो ।

निजी सवारी साधन प्रयोग र हिडडुलमा समेत रोक लगाइएको उनले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top