मध्यपुर थिमी नगरपालिकामा भदौ ९ गतेसम्म लकडाउन

३२ साउन, काठमाडौं । मध्यपुर थिमी नगरपालिकाले आजबाट भदौ ९ गतेसम्मका लागि लकडाउन लागु गरेको छ । लकडाउनपछि नगरपालिका क्षेत्र ठप्प छ ।

Advertisement

समुदायस्तरमा कोरोना फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएपछि लकडाउन गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

पसल, व्यवसाय ठप्प भएको छ । अत्यावश्यक सामान खाद्यान्न, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा मात्रै खोल्न दिइएको छ ।

Advertisement

अरनिको राजमार्गमा कुनै पनि सवारीसाधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउन गरिएको जानकारी दिँदै प्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रभित्रका सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लागेको जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top