कोरोनाको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधि आयात गर्न विभागको स्वीकृति

३२ साउन ७७, आइतबार

३२ साउन, काठमाडौं । औषधी व्यवस्थापन विभागले अन्तर्राष्ट्रिय स्तरमा कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालिएको रेम्डिसिभिर नामक औषधी नेपालमा पनि आयात गर्न स्वीकृत दिएको छ ।

Advertisement

शरीरमा अक्सिजनको मात्रा कम भई आइसियु कक्षमा रहेका विरामीको स्वास्थ्य अवस्था सुधार गर्न प्रयोग गरिने औषधी आयात गर्न विभागले औषधी व्यवसायीहरुलाई स्वीकृत दिएको हो ।

विभागका महानिर्देशक नारायण ढकालले नेपाल स्वास्थ्य अनुसार परिषद्को प्रोटोकल अनुसार क्लिनिक ट्रायलका लागि अनुमति दिएको जानकारी दिए ।

Advertisement

औषधी दर्ता गर्ने नभइ आकस्मिक रुपमा चाहिने समयमा परिषद्को प्रोटोलकमा टेकेर मात्र प्रयोग गर्न सकिने गरी निर्णय भएको उनले जानकारी दिए ।

हाल विभागले सिप्ला, माइलन र हिटेरो कम्पनीबाट मात्र औषधी खरिद गर्न भनेको छ । जसमा ६ हजारदेखि ८ हजार मूल्य सम्मका औषधी रहेको महानिर्देशक ढकालले जानकारी दिए ।

Advertisement

औषधी व्यवसायीहरुले भदौ ४ गतेसम्म औषधी ल्याउने जनाएका छन् ।

औषधीलाई विभागले स्वीकृत नदिँदा औषधी व्यवसायीहरुले अवैधानिक रुपमा ४० देखि ५० हजार रकम असुल गरी बिक्री वितरण गर्दै आएको गुनासो बढेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top