×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

‘लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन’

३२ श्रावण २०७७

३२ साउन, काठमाडौँ ।

“लुम्बिनी एक दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्र घुमेको सुनाउँछन्, मलाई अचम्म लाग्छ । लुम्बिनीको अध्ययन हप्तौँ गर्दा त पुग्दैन एक हप्ताले के हुन्छ ? लुम्बिनी विश्वकै यति महत्वपूर्ण, पवित्र र अलौकिक स्थल हो यसको भ्रमणका लागि जोसुकैका लागि पनि कम्तीमा दुई हप्ता चाहिन्छ ।”

Advertisement
Advertisement

चिनियाँ बुद्धिस्ट एसोसियसनको पहिलो अन्तरराष्ट्रिय सदस्य सि चोङ योङले लुम्बिनीको महत्वबारे यसरी बयान गरिरहँदा उनको मुहारमा खुशी थिएन । एकैछिनमा उनले भने, “तर के गर्नु, यहाँ पूर्वाधार नै छैनन् । भ्रमणका लागि ठूलो सङ्ख्याका चिनियाँ यहाँ आउन निकै इच्छुक छन्, यहाँ आएर बौद्ध दर्शन, गौतम बुद्धको जन्मस्थल र यससँग जोडिएका धेरै कुराहरुको अध्ययन गर्न पनि चाहन्छन् तर उनीहरुलाई बस्ने राम्रा र ठूला होटलहरु नै यहाँ छैनन्, हाल उपलब्ध संरचनाहरु पर्याप्त छैनन् ।”

उनले भने– “चीनमा त एउटै होटलमा सयौँ कोठा हुन्छन्, ठूलो सङ्ख्याका पर्यटक अटाउँछन् । तर यहाँका होटलहरु पनि साना साना छन् । लुम्बिनीमा थोरै होटल छन् र भएका पनि सानो आकार र क्षमताका छन् । चिनियाँहरु आउँदा एकै समूहमा सयौँको सङ्ख्यामा आउन र भ्रमण गर्न रुचाउँछन् र उनीहरु एकै ठाउँमा बस्न रुचाउँछन् । तर पनि उनीहरुलाई पुग्ने ठाउँ नै छैन यहाँ । त्यसैले ठूलो समूहमा आउने र घुम्ने स्वभावका पर्यटकका लागि यहाँ होटल र अरु पूर्वाधारहरु पनि आवश्यक छ, त्यसको मैले कमी नै देख्छु ।”

चोङको सुझाव छ “लुम्बिनी विश्वका बौद्धमार्गीहरुको अति पवित्र र आस्थाको केन्द्र हो । भगवान गौतम बुद्धको जन्मस्थल भएकोले बौद्धमार्गी मात्र नभएर लुम्बिनी विश्वकै पर्यटकको एक एउटा श्रद्धापूर्वक पुग्ने स्थान पनि हो । विश्वका हरेक नागरिकले जीवनमा कम्तीमा एक पटक लुम्बिनी पुग्न पाए हुन्थ्यो भन्ने इच्छा राखेकै हुन्छ । विश्वका बौद्ध दर्शनमा विश्वास गर्ने मानिसको चाहनाको त झन् कुरै भएन । हामीले नै अनुमान गरौँ न लुम्बिनी पुग्न चाहने विश्वको जनसङ्ख्या कति होला ? त्यसैले कुनै दिन त उनीहरु यहाँ आउने छन् भनेर नेपालले होटल मात्र होइन आवश्यक अरु पूर्वाधार पनि बनाउनुपर्छ । यसरी नेपालको समृद्धि पर्यटनका माध्यमबाट बढी सम्भव देखिन्छ ।”

लुम्बिनीमा रहेको चिनियाँ बौद्धगुम्बाका लागि चीन सरकारका निर्देशक चाङले लुम्बिनी चिनियाँ नागरिकको पनि अति पवित्र र सम्मानित पर्यटन गन्तव्य भएको बताए । जीवनमा एक पटक लुम्बिनी पुग्न इच्छाएका चिनियाँ आफूले धेरै पाएको उनको अनुभव छ । नेपालमा चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणपछि नेपाल आउन चाहने चिनियाँको सङ्ख्या अझै बढेको आफूले पाएको उनले बताए । उनी भन्छन्– “नेपाल भ्रमणका बारेमा खोजीनीति गर्ने चिनियाँ नागरिकको सङ्ख्या झनै बढेको छ । नेपाल आउने अधिकांश चिनियाँको गन्तव्य लुम्बिनी भएकोले पनि यहाँ आउन धेरै चिनियाँ आतुर छन् भन्ने देखिन्छ ।”

लुम्बिनी आउने चिनियाँ पर्यटकले आफ्नो संस्कृति र कला पनि त्यहाँ खोजेको हुन्छ । त्यसैगरी चिनियाँ पर्यटकहरुमध्ये कमैले मात्र अङ्ग्रेजी भाषा बुझ्न सक्छन् । यहाँ आएका पर्यटकलाई चिनियाँ भाषामा नै सहजीकरण गरिदिने र यहाँको बसाई अवधिका अन्य आवश्यक सहयोगहरु पुर्याउने विषयमा नेपाल सरकारले ध्यान दिन सकेमा अझै राम्रो हुने उनको सुझाव छ । त्यसैले चिनियाँ बौद्ध गुम्बाको तर्फबाट पनि नेपाल र चीनसम्बन्धी सांस्कृतिक आदानप्रदानको कामका लागि आफूहरुले पहल गरिरहेको उनले बताए । यस्ता कुराहरुले यहाँ आउने विदेशी पर्यटकहरुको बसाई अवधि लम्ब्याउन, फेरि अर्को पटक पनि यहाँ आउन प्रेरित गर्ने उनको भनाई छ ।

नेपाल चीनबीचको सम्बन्ध सदियौँ पुरानो र भावनात्मक रहेको उनी बताउँछन् । यी दुई देशबीच धेरै पुरानो सांस्कृतिक सम्बन्ध रहेका अनगिन्ती तथ्यहरु रहेको उनी बताउँछन् । चीनका बौद्धमार्गी नागरिक सबैलाई जीवनमा कम्तीमा एक पटक लुम्बिनी ल्याउन पाए हुन्थ्यो भन्ने आफ्नो उत्कट चाहना रहेको उनले सुनाए । गएको करिब १० वर्षदेखि प्राय नेपालमै र बढी लुम्बिनीमा बस्दै आएका उनले दुई देशबीचको खासगरी सांस्कृतिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भनेर काम गरेको बताए । नेपालमा विसं २०७२ मा गएको भूकम्प तथा हाल जारी कोरोना महामारीमा उनको पहल र समन्वयमा चिनियाँ बुद्धिष्ट एसोसिएनका तर्फबाट ठूलो सहयोग प्राप्त हुदै आएको छ ।

चाङ भन्छन्– “नेपाल विश्वकै अत्यन्तै राम्रो देश छ । नेपालका लुम्बिनी र सगरमाथाजस्ता सम्पदा विश्वका पर्यटकका आकर्षक गन्तव्य हुन् । यी अलौकिक सम्पदाबाट नेपालले लाभ लिन सक्नुपर्छ । पर्यटनको विकासलाई प्राथमिकतामा राखी आवश्यक पूर्वाधारहरु तयार गरिदिने हो भने नेपाललाई समृद्धिको बाटो तय गर्न धेरै सजिलो छ । यहाँ पूर्वाधार र प्रचार मात्र हुने हो भने चिनियाँ पर्यटकको त चिन्ता मान्नै पर्दैन ।”

निर्देशक योङले गएको डिसेम्बरको अन्तिमतिर पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना महामारीमा नेपालले चीन सरकारलाई मास्क सहयोग गरेपछि चीन सरकार र चिनियाँ नागरिक निकै खुशी भएको आफूले पाएको स्मरण गरे । उनले भने– “हुनत त्यो सहयोग ठूलो थिएन तर त्यो सहयोगभित्र छिमेकीको माया लुकेको थियो ।” त्यसैले गर्दा पनि चीनले नेपाललाई यो महामारीबाट उम्किन सक्दो सहयोग गर्ने उनले बताए । उनले भने– “अप्ठेरो परेका बेला चीनले नेपाललाई र नेपालले चीनलाई सहयोग गरेको राम्रो विगत हामीसँग छ, हाल नेपालमा देखिएको महामारीको नियन्त्रणमा पनि चीनले सक्दो सहयोग गर्नेछ ।”

त्यसैले चिनियाँ बुद्धिष्ट एसोसियसनअन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरुको संस्थाका तर्फबाट उनकै पहलमा नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गतहप्ता उनी काठमाडौँ आएर नेपाल सरकारले जारी राखेको कोरोना महामारी नियन्त्रणको प्रयासमा सघाउने उद्देश्यले ती संस्थाहरुका तर्फबाट १३ लाख ३७ हजार थान मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । उनले यो सहयोग नेपाल ट्रान्स हिमालयन सोसाइटीलाई उपलब्ध गराएको र उक्त सोसाइटीले व्यक्ति तथा सुमदायको आवश्यकताको आधारमा वितरण गरिने बताएको थियो ।

चोङयोङले चिनियाँ बौद्धगुम्बाका स्वयंसेवीहरुबाट नेपालका १०० भन्दा बढी बौद्ध गुम्बा, विभिन्न ३० बौद्ध विद्यालय र पाँच हजार जना बौद्धभिक्षुलाई मास्क र अन्य आवश्यक स्वास्थ्य सामग्री वितरण गरिरहेका छन् । ठूलो परिमाणका ती सामग्री केही प्रदेश तथा स्थानीय सरकारका साथै नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरुलाई उपलब्ध गराइएको थियो ।

नेपाललाई समस्या परेका बेला चिनियाँ बुद्धिस्ट एसोसियसनको तर्फबाट सहयोग जुटाउँदै आएका उनको पहलमा विसं २०७२ मा गएको भूकम्पपछि बौद्ध स्तूपलगायतको पुनर्निर्माण तथा सहयोगस्वरुप रु एक अर्ब १५ करोडभन्दा बढी आर्थिक सहयोग गरिएको थियो । त्यस्तै भूकम्पका समयमा काठमाडौँ तथा देशका विभिन्न जिल्लामा पुगेर अप्ठेरोमा परेका नेपालीलाई खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्रीहरु सहयोग गरिएको थियो ।

ग्लोबल टाइम्स् पत्रिकाले सन् २०२० पछि नेपालमा धेरै पर्यटक बढ्ने पूर्वानुमानसहितको अनुसन्धान प्रतिवेदन कोरोना भाइरसको फैलावटको केही अघिमात्र सार्वजनिक गरेको थियो । उक्त अनुसन्धानले नेपालबारे खोजी गर्ने चिनियाँको संख्या पहिले भन्दा १५ प्रतिशतले बढेको देखाएको थियो । नेपालले सन् २०२० मा आह्वान गरेको नेपाल भ्रमण वर्षमा ३ लाख चिनियाँ पर्यटकको आगमनको अनुमान गरेको थियो ।

त्यसपछि भएको चिनियाँ राष्ट्रपतिको भ्रमण र नेपालबारेको जानकारी खोज्ने चिनियाँको यो आँकडा हेर्दा नेपालले गरेको तीन लाखभन्दा बढी नै चिनियाँ भित्रिने अनुमान नेपालको थियो । तर अकस्मात फैलिएको अकल्पनीय कोरोना महामारीले गर्दा ठूलो मार हामीलाई नै परेको छ ।

पर्यटन बोर्डको तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या बढ्दो छ । विसं २०७२ को भूकम्पपछि घटेका चिनियाँ पर्यटक सन् २०१८ मा १ लाख ५४ हजारले नेपाल घुमेका थिए भने सन् २०१९ मा त्यो भन्दा बढी छन् । सन् २०१९ मा १२ लाखभन्दा बढी विदेशी नेपाल घुम्न आएका र यो अघिल्लो वर्षको तुलनाभन्दा २५ प्रतिशतले बढी हो । बृद्धि भएकामा चिनियाँ नै बढी छन् ।

सन् २०१९ को पहिलो दुई महिनामै नेपाल आउने विदेशीको सङ्ख्या २४ प्रतिशतले बढेको थियो र त्यो बृद्धिको ठूलो हिस्सा चिनियाँकै थियो । नेपाल घुम्न आउने पर्यटकमध्ये चिनियाँ पर्यटकको सङ्ख्या १४ प्रतिशत पुगेको छ, जुन भारतभन्दा एक स्थान मात्रै पछाडि हो ।

Advertisement

सरकारले अबको पर्यटनलाई धार्मिक र छिमेकी भारत र चीनमा केन्द्रित गर्दा अझ राम्रो हुन्छ । लुम्बिनीमा चिनियाँलाई अकर्षित गर्न सके नेपाललाई पर्यटकले खाँचो हुदैन । हाम्रा अलौकिक हिमाल, पर्वत र ट्रेकिङ चिनियाँहरुका लागि साहसिक गन्तव्यका रोजाई हुन् । त्यसैले हामीले सि चोङ योङले भनेजस्तै लुम्बिनी र सगरमाथाजस्ता अलौकिक सम्पदाहरुबाट बढी लाभ लिने गरी नीति र कार्यक्रम बनाउनु जरुरी छ । एकराज पाठक/रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top