अछाममा खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

१ भदौ ७७, सोमबार

१ भदाै, अछाम ।

Advertisement

अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया विपना, एक वर्षीया छोरी आकृति र सात वर्षीय छोरा हेमन्त छन् ।

Advertisement

अछाम र कालीकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।लगातारको वर्षात्का कारण खोलामा बाढी आएको र तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top