ओली, दाहाल र देउवाबीच बालुवाटारमा छलफल जारी

१ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपाी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएपछि देउवा बालुवाटार पुगेका हुन्। जारी छलफलमा ओली, देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक सहभागी छन् ।

देउवाका सहयोगी भानु देउवाले प्रधानमन्त्रीले डाकेपछि सोमबार बिहान साढे ११ बजे सभापति र लेखक प्रधानमन्त्री निवास बालुवाटार पुगेको जानकारी दिए।

Advertisement

संवैधानिक नियुक्ति, रिक्त रहेका पोखरा विश्वविद्यालयलगायतमा नियुक्तिजस्ता विषयमा छलफल भएको बताइएको छ।

यसअघि बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top