एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

१ भदौ, काठमाडौँ ।
माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्ने विषयमा अहिले बोर्ड बैठक बसिरहेको छ।

परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो ।

कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो।परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। विद्यालयले पठाएको नतिजा रुजु गरेर बोर्डले सार्वजनिक गर्न लागेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.