निर्मला हत्याको दुई वर्षपछि किन जुर्मुराए युवा

प्रकाश बन्जरा
१ भदौ, विराटनगर ।
कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको २ बर्ष भन्दा बढी समय बित्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । यो सरकार र प्रहरी प्रशासनबाट जनताले गरेको विश्वास र अपेक्षा विपरितको परिणाम हो । २०७५ साल साउन १० गते निर्मलाको शब बलात्कार पछि हत्या गरेको अबस्थामा उखु बारीमा भेटिएको थियो । तत्कालीन समयमा सडक देखि सदन सम्म तताएको यो घटना सेलाउदै गएपछि फेरि एकपल्ट देश तातिने गरि सामाजिक सन्जालमा न्यायको माग गर्दै आवाज उठेको छ ।

सामाजिक संजालमा जागरुक युवा पुस्ताले निर्मलाले न्याए नपाउने पो हुन कि भन्ने चिन्ताले सताए पछि देशकै कार्यकारी प्रमुखलाई घच्घचाएका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा निर्मलालाई न्याय खै भन्ने प्रश्न सहित सामाजिक संजाल प्रयोग कर्ता जागरुक युवाहरुले कमेन्टको बर्षा गर्न थालेका छन । विभिन्न फेसबुक पेज र ग्रुपहरुमा समेत सरकारलाई झक्झकाउने उद्देश्यले कमेन्टको आब्बाहन गर्न थालिएको छ । अभियन्ताहरुले निर्मलालाई न्याय दिलाउनका लागि गृहमन्त्री, नेपाल प्रहरीका प्रमुख ,पूर्ब प्रधानमन्त्री लगायतको समेत सामाजिक संजालबाटै ध्यानाकर्षण गराएका छन् । निर्मलालाई न्यायमा ढिलाई हुदा अन्याय भएको धेरै सामाजिक संजाल प्रयोगकर्ताको प्रतिक्रिया रहेको छ ।

देशका उच्चपदस्थ ब्यक्तिलाई उल्लेख गर्दै सामाजिक संजालबाट निर्मलाको लागि न्याय खोजिन थाल्नुलाई सामाजिक अभियन्ता र नागरिक समाजले समेत सकारात्मक रुपमा लिएको छ । सामाजिक संजालको बढ्दो प्रयोग र यसले बढाउदै गएको विश्वसनीयतालाई आधार मानेर युवाहरुले न्यायकाृ आवाज बुलन्द गरेका हुन् । घटनाको वास्तविकता अझै पनि गर्भमै रहेको अवस्था र विभिन्न समयमा गठन गरिएका छानविन समितिका अलग अलग प्रतिवेदन अनि घटनामा ठूला बडानै मुछिएको भनिनुका पछाडि सरकारले समेत प्रभावकारी रुपमा प्राथमिकताका आधारमा घटनाको वास्तविकता बाहिर ल्याउन आलट गरिरहेको आभास मिलेपछि सामाजिक संजालमार्फत सिधै प्रधानमन्त्री समक्षा न्यायको माग गरिएको छ।

घटनाको २ वर्ष बित्यो खबरदारी गर्नेहरु क्रमश सेलाए अनि घटनामा म दोषी हुँ भन्दै बयान दिने दिलिप सिंह बिष्ट अहिले पनि खुल्लेलाम हिड्नु र छानबिनका क्रममा दोषी ठहरिएका प्रहरी अधिकारीले समेत सफाइ पाएपछि घटनाको वास्तविकताले थप गहिराई लिएको बुझ्न धेरै कठिन छैन । तब नै न्यायको अपेक्षा गरिरहेकाहरुले सामाजिक संजालको साहारा लिएका छन । निर्मला प्रकरणपछि कंचनपुरमा समेत केही प्रहरी प्रमुख फेरिईसकेका छन् । तर तिनको टेबल फेर्नदेखि बाहेक निर्मला प्रकरणमा उनीहरुले पहल प्राय शुन्य देखिन्छ । चिया पसलहरुमा हुने समय कटानीका गफमा त निर्मलाले न्याय पाउन सरकार परिवर्तन हुनुपर्ने कुरा सुन्न पाइन्छ । यसबाट लख काट्न सकिने भनेको निर्मलाको बलात्कार र हत्यामा सरकार सम्बद्ध ब्यक्तिकै हात रहेको छ र त्यो पार्टी र सरकारको संरक्षणमा छ । तर यी अरे र अनुमानका आधारमा आरोपका लागि आरोप लगाएका विषय हुन् । जे भएपनि सरकारमाथि भने प्रश्न उठिसकेको छ । यसको जवाफ काम गरेर अदालतका अगाडि अपराधीलाई उपस्थित गराएर सरकारले जवाफ लिनुपर्दछ ।

न्यायमाग्न गरिएको आन्दोलनमा अर्का शनि सदाले समेत आफ्नो ज्यानको आहुती दिएका छन् । निर्मलाले न्याय पाए मात्र सदाको आत्माले पनि न्याय पाएको अनुभुति गर्लान उनका परिवारले नत्र शनि निर्मलाकै लागि विना अर्थको सहिद बनेका छन् । उनी बनिरहने छन् । घटनामा प्रहरीले लापरबाही गरेर प्रमाण नै नस्ट गरेपछि परिक्षणका लागि लगिएको स्वाब मानै त्रुटि भएको भनिएको छ यो कोणबाट हेर्ने हो भने अब निर्मलाको लागि न्याय शव्दमै सिमित हुने देखिन्छ । घटनाको दुई वर्ष वितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गरी कारवाही गर्न सकेको छैन । घटनापछि प्रहरी प्रमुखमा तीन जना आईसके त निर्मलाको बलात्कार पछिको हत्या पकरणको सत्यको चाबी प्रहरी प्रशासनले खोल्न सकेको छैन ।

जटिल घटनाको समेत अनुशनधान तहकीकातमा अन्र्तराष्ट्रिय स्तरमै अब्बल देखिएको नेपाल प्रहरी यस घटनामा किन चुकिरहेको छ , त्यो प्रहरी संगठनको दर्बिलो छाप र शाखका लागि समेत गम्भिर प्रश्न र चुनौतीको विषय हो । यो घटनाले अब्बल प्रहरी स्वयमको शिर निहुरिउको छ । तर यतिका समय बितिसक्दा पनि प्रहरीले आफूमाथि तेर्सिएको प्रश्न र संगठनको शाख अझ उचो बनाउन किन खुट्टा लर्बराई रहेको छ । यो सबैको चासो र चिन्ताको विषय बनेको छ ।

घटनापछि जसरी पनि दोषी पत्तालगाएर कारबाही गरि छाड्ने प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा समेत त्यस्ता घटना घटिरहन्छन भन्ने अभिव्यक्ति दिएर बिबादित बने भने अनुसन्धान अब्बल रहेको भन्ने निकायका तत्कालीन प्रमुख सर्बेन्द्र खनाल अबकास पाइसकेका छन् । केही स्थानमा अनुहार फेरिएका छन तर ब्यक्ति भन्दा विधी, पद्धति र बर्दीले न्याय प्रदान मर्देन भन्ने जनताको विश्वासलाई जिवन्त राख्न सक्नुपर्छ ।

अहिले सामाजिक संजल तातेको भनेको जसरी पनि निर्मलालाई बलात्कार गरि हत्या गर्नेलाई अदालतसम्म पुर्याउन झक्झकाउनु र अन्य निर्मलाहरुलाई कसैले त्यसो गर्न नसकोस भन्ने नै हो । यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण हुन सकोस् । निर्मला र उनका परिवारले न्याय पाएको अनुभूति गरुन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top