बारा र पर्सामा थप १२३ जनामा कोरोना पुष्टि

१ भदौ ७७, मंगलबार

२ भाद्र, वीरगञ्ज ।
पर्सा र बारामा गरी मंगलबार थप एक सय २३ जना कोरोना संक्रमित थपिएका छन्।

सोमबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालले दिएको जानकारी अनुसार जिल्लाका वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका,अस्पतालका चिकित्सक, स्वास्थयकर्मी, पत्रकार लगायत जिल्लामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै ११ सय वटा स्वाब संकलन गरी नारायणी अस्पतालबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएकोमा तीमध्ये थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये बाराका ११ जना रहेका छन्। जिल्लाको बहुदरमाई नगरपालिकामा मात्रै २५ जनामा कोरोना संक्रमण भएको पाइएको छ।

Advertisement

जसमध्ये वडा नम्बर ४ बहुअरी पिडरी टोलका २० जना रहेका छन्। वीरगञ्जको रेडियोमा कार्यरत एक जना पत्रकार,जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताका गरी ७ जना प्रहरीमा समेत कोरोना संक्रमण देखिएको छ। वीरगञ्ज महानगरपालिकका विभिन्न स्थानका १८ जनामा कोरोना संक्रमण देखिएको छ।

वीरगञ्ज–४ बिर्ता टोलका एक जना चिकित्सकसहित नारायणी अस्पतालको आइसियुमा २२ वर्षका १ जना पुरुष र ४५ वर्ष र ३० वर्षका २ जना उपचाररत रहेको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए। संक्रमण देखिनेमा ७ वर्षकी बालिकादेखि ८० वर्षका बृद्ध गरी एक सय एक जना पुरुष र ३३ जना महिला रहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top