एनआरएनए यूएईका निर्वाचन संयोजकले रकम हिनामिना गरेको भन्दै दूतावासमा उजुरी

४ भदौ ७७, बिहीबार

योगेन्द्र योगी
४ भदौ, दोहा । गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) यूएईले गत साल सम्पन्न निर्वाचनको रकम हिनामिना गरेको भन्दै यूएईस्थित नेपाली दूतावासमा उजुरी दिएको एक बिज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Advertisement

निर्वाचन समिति संयोजक राजेश दर्शन अर्यालले गत साल सेक्टेम्बरमा २०१९–२१ कार्यकालको लागि सम्पन्न भएको एनआरएनए यूएईको निर्वाचनमा अर्यालले हिसाब किताब नबुझाई २ लाख २० हजार दिर्हाम पैसा लिएर सम्पर्कबिहिन भएको भन्दै कारबाहीको लागि दूतावासमा उजुरी दर्ता गराएको बिज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै, तत्कालीन अध्यक्ष रमेश श्रेष्ठलाई पनि संघले रकम हिनामिनामा संलग्न भएको आरोप लगाउदै कारबाहीको लागि सिफारिस गरेको छ । एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरला र महासचिव निश्चल दाहालद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा नेपाल सरकारका गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, समाज कल्याण मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई समेत बोधार्थ गरिएको छ।

Advertisement

रकम उठाउन पत्रमा पटक–पटक ताकेता गर्दा पनि निर्वाचन समितिका संयोजक अर्याल तथा तत्कालीन अध्यक्ष श्रेष्ठले वर्तमान कार्यसमितिलाई बेवास्ता गरेको तथा आफूहरुलाई पायको पर्दा मात्र केहि निकाल्ने तर सस्थाको पैसा दिनु भन्दा विभिन्न बहाना बाजी गरेको कारण उजुरी गर्न बाध्य भएको एनआरएनए यूएईले जनाएको छ ।

संघले संयोजक अर्याललाई बारम्बार सम्पर्क गर्दा अगष्ट महिनाको २ तारिख सम्ममा आएर हिसाब बुझाउने बचन दिए पनि अहिलेसम्म उनी सम्पर्क नआएको र बिभिन्न बहानाबाजी गर्दै रकम दिन आनाकानी गरेकोले कारबाहीको लागि उजुरी गरिएको जनाएको छ ।

Advertisement

गतसाल सेप्टेम्बरमा सम्पन्न अधिवेशनमा प्रति सदस्यता सदस्यता शुल्क ५० दिर्हाम बापत २ लाख २० हजार दिर्हामभन्दा बढी रकम संकलन भएको थियो।जसमध्ये एनआरएनए आईसीसीलाई ४४ हजार १ सय ५० दिर्हाम र कोभिड–१९ महामारीको सहयोग अन्तर्गत ३२ हजार रकम मात्र आएको बिज्ञप्तिमा लेखिएको छ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top