सीपीएलमा सन्दीपले लिए पहिलो खेलमै विकेट

३ भदौ ७७, बिहीबार

४ भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी ट्वान्टी क्रिकेट अन्तर्गत बुधबारराति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

सेन्ट लुसियाविरुद्धको खेलमा सन्दीपले एक विकेट लिएका हुन् । यो खेलमा उनको टिम जमैका तलावाज विजयी भयो । जमैकाले सेन्ट लुसियालाई पाँच विकेटले हराएको हो । सन्दीपले आफ्नो टोलीबाट सबैभन्दा किफायती बलिङ गरे ।

सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए । नवौँ ओभरमा बलिङ गर्न आएका उनले पहिलो ओभरमा आठ रन दिए । त्यसपछि ११ औं ओभरमा सन्दीपले तीन रन मात्रै खर्चे । यस्तै खेलको १३औं ओभरमा उनले आठ रन दिए ।

Advertisement

सन्दीपले १५औं ओभरको दोस्रो बलमा विकट लिए । २१ बलमा २५ रन बनाएर खेलिरहेका सेन्ट लुसियाका नाजिबुल्लाह जाड्रनको विकेट लिएका थिए । उनले चौथो ओभरमा मात्र चार रन खर्चे । ट्रीनिडाड एन्ड टोबेगोमा जमैकाको कप्तानी रोभमन पावेलले तथा सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गरेका थिए । जमैकाले टस जितेर फिल्डिङ राजेको थियो ।

सेन्ट लुसियाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनायो । एक सय ५९ को विजय लक्ष्यका साथ जमैकाले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । सेन्ट लुसियाका लागि रोस्टन चेसले ५२ रन बनाए ।

Advertisement

यस्तै नाजिबउल्लाह जाड्रनले २५, आन्द्रे फ्लेटचरले २२ तथा मार्क डियलले १७ र मोहमद नाबीले १३ रनको योगदान दिए । बलिङतर्फ जमैकाका मुजिब उर रहमान र भिरासामी परमाउलले दुई दुई तथा आन्द्रे रसेलले एक विकेट लिए ।

जमैकाका लागि असिफ अलीले अविजित ४७, ग्लेन फिलिप्सले ४४, कप्तान रोभमन पावेलले २६ तथा आन्द्रे रसेलले १६ रनको योगदान दिए । जमैकाको शुरुआत राम्रो रहेन । जमैकाले पाँच रनमा पहिलो विकेट तथा १३ रनमा दोस्रो विकेट गुमाएको थियो । तेस्रो विकेटका लागि पावेल र फिलिप्सले अर्धशतकीय पारी खेले ।

बलिङतर्फ सेन्ट सुसियाका केस्रिक विलियम्सले दुई तथा आवेड मकेय, स्कट कगेल्जिन र राहकिम क्रनवालले एक एक विकेट लिए । अब सन्दीपको टोली जमैकाले शनिबार ट्रिबागो नाइट राइटर्ससित दोस्रो खेल खेल्नेछ । यो खेल बिहान सवा तीन बजे सुरु हुनेछ । (रासस)

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top