दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(बढेको भय)
नेपालमा कोरोनाका कारण हालसम्म १ सय २६ जनाको मृत्यु/विहीबार ७ सय ७ संक्रमित थपिँदा संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुग्यो /१७ हजार ९ सय ६४ जना डिस्चार्ज ।

२.(कहाँ कति छन् ? )
आज विहीबारसम्म ५ लाख ६६ हजार २ सय २० जनाको कोरोना परीक्षण /देशभर ११ हजार ७ सय ६८ जना क्वारेन्टिनमा /११ हजार ५ सय ५५ जना आइसोलेसनमा ।

३.(संक्रमण र उपचार)
प्रदेश १ मा आज ४२ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ३ सय ९७ पुग्यो/ कोशी अस्पताल कोभिड उपचार केन्द्रमा १० आईसियु र ५ वटा भेन्टिलेटरबाट लक्षण सहितका संक्रमितको उपचार सुरु ।

४.(स्वास्थ्य सुरक्षाका लागि)
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा कडाईका साथ लागू /निषेधाज्ञा उल्लंघन गरेर यात्रा गर्नेहरु होल्ड्गि सेन्टरमा /उपत्यकाका सवै बैंकहरु बन्द ।

५.(खुल्यो आँखा)
भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टिनलाई आइसोलेसनमा परिणत /दुई सय शैयाको आइसोलेसन तयार भए पनि तत्काल एक सय शैया सञ्चालनमा/सात जनाको स्वास्थ्यकर्मीको टिम परिचालन ।

६.(मनन् गर्ने कि ?)
निजी अस्पतालले संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने सरकारी निर्णय सच्याउन नेपाल चिकित्सक संघको माग /ननकोभिड अस्पतालका स्वास्थ्यकर्मीहरु नै धेरै संक्रमित भएकाले सक्षम जनशक्तिकै अभाव भई भयावह हुनसक्ने चिन्ता ।

७.(यसो गरे कसो होला ?)
काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डेको भनाई / उपत्यकाका सबै क्षेत्रमा मानिसहरुलाई घर बाहिर समेत निस्कन नदिने गरी निषेधाज्ञा लागू गर्नुपर्ने उल्लेख ।

८. (कुरो भागबण्डाको)
नेकपाको विवाद समाधान कार्यदलले समाधानसम्बन्धी प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटिरहेका बेला नेकपाका दुई अध्यक्षबीच सरकारका पछिल्ला नियुक्तिलाई लिएर विवाद /कार्यदल गठन भएयताको नियुक्तिप्रति अध्यक्ष दाहालको असन्तुष्टि ।

९.(लिदीको वेदना)
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुग्यो /अझै बेपत्ता १० जनाको खोजी कार्य जारी ।

१०.(पायौं त मौलिक हक ?)
पछिल्लो ६ महिनामा अधिकांश मौलिक हक सम्बन्धी नियमावलीहरु कार्यान्वयनमा ल्याएको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङफेको भनाई /अझैपनि ३ वटा नियमावली निर्माणका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख ।

११. (खोई मल ?)
मल आयातमा भइरहेको ढिलाइ र अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाली कांग्रेसको माग /मलको अभावमा खेतमा धान पहेलिदा पनि मल नपाइनुले सरकार कृषि र कृषकप्रति उदासीन रहेको प्रष्ट हुने उल्लेख ।

१२.(एसिडले पोल्यो)
काठमाडौंको सीतापाइलामा पवित्रा कार्कीमाथि एसिड आक्रमण गर्ने दुई जना पुर्पक्षका लागि जेल चलान /राहत कोषबाट पीडितलाई तत्काल दुई लाख क्षतिपूर्ति दिन अदालतको आदेश /फैसलाका लागि सुनुवाइ हुन बाँकी ।

१३.(खानु भयो त दर ?)
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन आज दर खाईदै /तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि दर खाने परम्परा /महामारीका कारण अहिले पाहुना नजान र भेला नहुन सवैमा अपील ।

१४.(जुर्मुराउँदै खेल)
इंग्लिस प्रिमियर लिग(ईपीएल) २०२०/२१ को खेल तालिका सार्वजनिक/आउँदो सेप्टेम्बर १२ बाट ईपीएलको नयाँ सिजन सुरु हुने/पहिलो दिन ६ खेल हुने ।

र,

१५.(विश्वलाई हेर्दा)
हालसम्म विश्वभर कोरोनाबाट ७ लाख ९१ हजार बढीको मृत्यु / २ करोड २६ लाख बढी संक्रमित /१ करोड ५३ लाख बढी उपचार पछि निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top