कञ्चनपुरमा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी

४ भदौ ७७, बिहीबार
Share this
689shares

४ भदौ, कञ्चनपुर ।
कञ्चनपुरमा आज मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि आज मध्यरात १२ बजेदेखि आगामी भदौ १४ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नरहरि खतिवडाले तीज र गौरा पर्वमा यहाँ भीडभाड हुनसक्ने भएकाले आगामी भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए ।

Advertisement

प्रजिअ खतिवडाले भने– “बजार पनि बेलुकी छिट्टै बन्द गर्न, सरकारी कार्यालयमा भीडभाड कम गर्न र यातायात सञ्चालनमा कडाइ गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हौँ । ”

उनले निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top