प्रयोग भएको मास्क जथाभावी विसर्जनः संक्रमणको जोखिम बढ्दो

४ भदौ ७७, शुक्रबार

४ भदाै, चितवन ।

कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् ।

मास्कको भित्रि भागमा थुक, र्याल, सिगान र वाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्छ । कोरोना सङ्क्रमणसंगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । आफू र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो । आम नागरिकले मास्कको उचित प्रयोग र बिसर्जन नगर्दा यसको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले मास्क प्रयोग र बिसर्जन राम्रो नभएको बताए । मास्क प्रयोगको बानी परिनसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनुपर्नेमा त्यस्तो कम देखिने गरेको उनको भनाइ छ । उनले भने, “कतिपयले बोल्दा मास्क खोल्ने गर्दछन् । त्यो झन खतरा हो ।” बोल्दा मुखवाट निस्किएको थुकको छिटा अरुलाई परेमा रोग सर्न सक्छ । अप्ठ्यारो शव्द उच्चारण गर्दा मानिसको मुखबाट थुकको छिटा निस्कन सक्ने प्रमुख तिवारीको भनाइ छ ।

Advertisement

मास्कको डोरी कानमा अड्याएपछि हातले नछुन विज्ञहरुको सुझाव छ । मास्कको वाहिरी भाग अझ बढि सङ्क्रमित हुन सक्ने विज्ञहरु बताउँछन् । अन्य सङ्क्रमित मानिससंग कुराकानी भएमा ती व्यक्तिको थुक आफ्नो मास्कको वाहिरी भागमा आएर बसेको हुन सक्ने प्रमुख तिवारीले बताए ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.महेन्द्र अग्रहरीले मास्क जति बढी प्रयोग ग¥यो, त्यतिनै सङ्क्रमण हुने सम्भावना बढी हुने बताए । यसको उचित व्यवस्थापन हुन नसकेमा सङ्क्रमण फैलन सक्ने उनको भनाइ छ । “मास्क खोल्दा र लगाउनुअघि हात पूर्ण रुपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्दछ” डा.अग्रहरीले भने, “मास्क खोल्दा कान पछाडीको डोरी समातेर कानबाट निकालेर वाहिरको भागलाई भित्र पारेर गोलो बनाएर विर्को लगाएको डष्टविनमा हाल्नुपर्दछ ।” डष्टविन नभएमा प्लाष्टिकमा राम्रो गरी पोको पारेर घरबाट डष्टविन भएको ठाउँमा विसर्जन गर्न उनले सुझाब दिए ।

Advertisement

मास्कमा किटाणु ३÷४ दिन सम्म रहने उनको भनाइ छ । नेपाल चिकित्सक सङ्घ चितवनका सह सचिब समेत रहेका डा.अग्रहरी मास्क जथाभावी फाल्दा सङ्क्रमण फैलन सक्ने सम्भावना बढी हुने बताउँछन् । खुल्ला ठाउँमा फालेको मास्क कुकुर, बिरालो लगायतले एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने, पानीमा वगेर सङ्क्रमण फैलन सक्ने र यसबाट जलचरहरु प्रभावित हुन सक्ने उनको भनाइ छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती बस्तुमा किटाणु लामो समयसम्म बस्छ । उनकाअनुसार ४/५ दिन सम्म किटाणु बस्न सक्ने भएकाले माटोमा पुर्ने वा जलाउने गर्नु उपयुक्त हुन्छ । माटोमा २÷४ घण्टामा किटाणु नष्ट हुन्छ भने जलेर तत्काल नष्ट हुन सक्छ ।

अहिले मानिसले दैनिक रुपमा सर्जीकल र एन—९५ मास्क प्रयोग गर्ने गरेको पाइन्छ । सर्जीकल एक पटक प्रयोग गर्न उनको सुझाब छ । एन— ९५ मास्क भने चारवटा किनेर चार दिन विराएर प्रयोग गर्न सकिने डा.अग्रहरीले बताए । उनका अनुसार यो मास्क तीनदेखि पाँच पटक लगाउन सकिन्छ ।

उनले आम नागरिकले मास्कको उचित प्रयोग र बिर्सजनका वारेमा गम्भीर हुन सकेमा सङ्क्रमण न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताए । मास्कको प्रयोग र बिसर्जनबारे व्यापक रुपमा जनचेतना फैलाउनुपर्ने आवश्यकतामाथि उनले जोड दिए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top