दुबई विमानस्थलमा अलपत्र परेका २६२ नेपालीको लागि आइतबार उडान हुने

योगेन्द्र योगी
५ भदौ, दोहा ।
यूएईको दुबई विमानस्थल पुगेर अन्तिम समयमा उडान रद्द भएर अलपत्र परेका नेपालीहरुको लागि अगष्ट २३ तारिख अर्थात आइतबार बिहान उडान हुने भएको छ ।

Advertisement

उडान रद्द भएपछि गत अगस्ट १८ तारिख स्वदेश फर्किन नपाएका २६२ जना नेपालीहरुलाई नेपाल एयरलाइन्सको उडानमाफर्त नेपाल पठाउन लागिएको एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

उनका अनुसार २६३ जना यात्रुहरुले अगस्ट २३ तारिख हुने विहानको उडानका लागि आ–आफ्नो टिकटको मिती परिवर्तन गराउन आज नै नेपाल एयरलाइन्सको अफिसमा जना समेत सबैलाई अनुरोध गरेका छन् ।

Advertisement

यसअघि आरडिटी वा पिसिआर टेस्टको समयावधि सकिएको भन्दै उनले फेरि कोरोना परिक्षण गर्नु पर्ने जानकारी दिएका छन् । आज र भोली भित्र पुनः आरडीटी टेस्टको लागी अल शबाब अल अहली क्लवमा वा पिसिआर टेस्ट गर्न समेत उनले आग्रह गरेका छन् ।

नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्थापन नभएको सबै चार्टर्ड उडान रद्द भएपछि उडानको लागि दुबई विमानस्थल पुगेका २६२ जना नेपालीहरु अलपत्र परेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top