‘आईपीभी सिक्स’ मा क्लासिक टेक अगाडि, के गर्छ यसले ?

७ भदौ ७७, सोमबार

७ भदौ, विराटनगर ।
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा भित्राउँदै आईपीभी सिक्सको प्रयोग सुरु गरेको जनाएको छ । क्लासिक टेक प्रालि नेपालमा आईपीभी सिक्सको पहिलो प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक संस्था बनेको छ । उसले बिगत १ वर्ष अगाडिबाट परीक्षण गरिरहेको तथा हाल ३ महिनादेखि ग्राहकहरुलाई आईपीभी सिक्स ट्राफिकमा लगिरहेको जनाइएको छ ।

कम्पनीले अहिले आफ्ना ८० प्रतिशतभन्दा धेरै इन्टरनेट ट्राफिकलाई आईपीभी सिक्समा आधारित रहेका डिभाइसहरु मार्फत उपलब्ध गराएको छ भने इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र तीब्र बनाउन सबै सेवाग्राहीहरुलाई कम्पनीले आईपीभी सिक्समा लानेगरी काम गरिरहेको जनाएको छ । अबको डिभाइसहरु आईपीभी सिक्समा आधारित हरेक ग्राहकलाई फाइदाको लागि इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले आईपीभी सिक्स प्रयोग गरिरहेको छ।

आफ्नो कूल ग्राहकहरुको ८० प्रतिशत ग्राहकहरुको लागि आईपीभी सिक्स प्रयोग गरिसकेको र बाँकी प्रक्रियामा रहेको र अन्य इन्टरनेट सेवाप्रदायकहरुको तुलनामा क्लासिक टेक सबैभन्दा धेरै आईपीभी सिक्स प्रयोग गर्ने कम्पनीको रुपमा अगाडि रहेको जानकारी दिएको छ । ‘नयाँप्रविधिको सपोर्टको रुपमा आएको आईपीभी सिक्सले सेवाग्राहीहरुलाई पनि उत्तिकै सहजताहुनेछ,’कम्पनीले भनेको छ ।

Advertisement

आईपीभी सिक्स (इन्टनेट प्रोटोकोल संस्करण) इन्टर्नेट प्रोटोकलको छैठौं संशोधन रहेको र आईपीभी फोरको सफल उत्तराधिकारी रहेको क्लासिटेकले बताएको छ। यसले क्लासिक टेकक मूल्यवान र सेवाको केन्द्रमा रहेका ग्राहकहरूको लागि बिभिन्न किसिमका फाइदाहरू दिने कम्पनीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top