विश्वविद्यालय जगाउन भन्दै पियुका विद्यार्थीको सांकेतिक विराेध

८ भदौ ७७, मंगलबार

९ भदौ, विराटनगर ।
कोरोनाको कहरमा परेर पठनपाठनसहित परीक्षा समेत प्रभावित बनेपछि विद्यार्थीहरुले विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन । कोरोना महामारीका कारण स्थगित परीक्षाबारे चाँडो निर्णय लिन पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले दबाब दिएका छन् ।

Advertisement

कोरोनाका कारण शैक्षिक गतिविधी ठप्प भएको ६ महिना बितिसक्दा पनि विश्वविद्यालयले निर्णय लिन नसक्दा विद्यार्थीको भविष्य थप अन्योलतामा परेको भन्दै विद्यार्थीहरुले चाँडो निर्णय दिन दबाब दिएका हुन् ।

Advertisement

 

पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले सामाजिक सञ्जालमा भ्वाइस अफ पियु नामक समूह बनाई नेपाल भरिका विद्यार्थीले ऐक्यबद्धता जनाउँदै समूह मार्फत विश्वविद्यालयलाई झक्झकाउन लागि परेका हुन । मंगलबार साङ्केतिक विरोध जनाउँदै उक्त समूहले विश्वविद्यालयको मनोबल घटाउन नभएर परीक्षाको विषयमा चाँडो निर्णय लिन दवाब दिन सामाजिक सञ्जाल मार्फत विभिन्न प्लेकार्ड बोकेर भिडियो सार्वजनिक गरिएको विद्यार्थी मन्जिल कोइरालाले जानकारी दिए ।

Advertisement

विद्यार्थीहरुले म कसरी सक्षम बन्ने मेरो विद्यालय नै असक्षम भएपछि, कुम्भकर्ण पनि समय आएपछि निन्द्राबाट जागेका थिए पूविको बिउँझिने समय कहिले आउने हो, विश्वविद्यालय तिम्रो पाराले दुख पायौ साराले, कति सुत्ने पियू बाहिर घाम लागि सक्यो, पूविमा भविष्य देखेर आएको मलाई पूविले वर्तमानमा मात्रै म अड्काइराखोस् जस्ता प्ले कार्ड बोकेको भिडियो सार्वजनिक गरि विश्वविद्यालयलाई दवाब दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top