अमेरिकी र बेलायती विदेशमन्त्रीबीच इजरायलमा भेटवार्ता

९ भदाै, तेल अविव।

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भेटवार्ता गरेका छन्। उनीहरुबीच सोमबार इजरायलको जेरुसेलममा भेटवार्ता भएको बताइएको छ । उनीहरुबीचको सो वार्तामा दुई देशबीचको विदेश नीतिको प्राथमिकताका साथै आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच इजरालयमा भेटवार्ता भएको अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भनेका छन्– विदेशमन्त्री पोम्पेओ र बेलायती विदेशमन्त्री राबबीच द्धिपक्षीय वार्ता भएको र त्यस क्रममा उनीहरुबीच इरानका कारणले त्यस क्षेत्रमा पारेको प्रभावका बारेमा पनि कुरा भएको थियो । साथै सो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति विचार (पिस भिजन) का बारेमा पनि कुराकानी भएको सो विज्ञप्तिमा जानकारी दिइएको छ ।

Advertisement

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री पोम्पेओ इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमणका क्रममा निस्किएका हुन्। उनी सोमबार इजरायलमा थिए। अमेरिकी विदेशमन्त्री पोम्पेओ यही अगष्ट २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमणका लागि निस्किएका थिए ।

भ्रमणका क्रममा उनले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गरेका छन्। त्यस्तै उनले सुडानका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्नेछन्।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top