बाँकेमा कोरोना संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु

१० भदौ, नेपालगन्ज ।
बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत ३७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

नेपालगन्ज उपमहानगरपालिका–१ का ती पुरुषको राती १ बजेर ३० मिनेटमा निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्घले जानकारी दिए ।

उनी सामान्य रुघाखोकी देखिएपछि सोमबारदेखि अस्पतालमा उपचार गराइरहेका थिए । योसँगै बाँकेमा पाँच जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top