इंग्ल्याण्डले १० वर्षपछि जित्यो पाकिस्तानविरुद्धकाे टेष्ट सिरिज

९ भदौ ७७, बुधबार

१० भदौ, एजेन्सी ।
जेम्स एण्डरसन टेष्ट क्रिकेटमा ६०० विकेट पूरा गर्ने पहिलो फास्ट बलर बन्दा घरेलु टोली इंग्ल्याण्डको १० वर्षपछि पाकिस्तानलाई पराजित गरेको छ । तेस्रो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि इंग्ल्याण्डले सिरिज १–० ले जितेको हो ।

इंग्ल्यान्डले सन् २०१० मा घरेलु मैदानमा पाकिस्तानलाई चार टेष्ट सिरिज ३–१ ले हराएको थियो । त्यसयता भने पाकिस्तानविरुद्ध टेस्ट सिरिज जित्न सकेको थिएन ।

वर्षाले प्रभावित हुँदा पाँचौ दिन अन्तिम सेसन मात्रै सम्भव भएको थियो । फलोअनमा परेको पाकिस्तानले दोस्रो इनिङमा ८३.१ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको अवस्थामा खेल बराबरीमा सकिएको थियो ।

Advertisement

पाकिस्तानका बाबर आजम ९१ बलमा ८ चौका सहित ६३ रनमा अविजित रहे । कप्तान अजहर अली १ सय १४ बलमा २ चौका सहित ३१ रनमा जो रुटबाट क्याच हुन पुगे । अजहरलाई आउट गर्दै जेम्स एन्डरसन टेस्टमा ६ सय विकेट लिने पहिलो तीव्र गतिका बलरको कीर्तिमान कायम गरेका थिए । ओपनर शान मसूदलाई स्टुअर्ट ब्रोडले १८ रनमा एलबिडब्लू आउट गरे ।

मसुदले ६६ बलमा २ चौका प्रहार गरे । अर्का ओपनर आबिद अलीलाई जेम्स एन्डरसनले ४२ रनमा एलबिडब्लू आउट गरे । आबिदले १ सय ६२ बलमा २ चौका प्रहार गरे । असाद सफिकलाई रुटले २१ रनमा एन्डरसनबाट क्याच आउट गराए । एन्डरसन २, रुट र ब्रोडले १–१ विकेट लिए ।

Advertisement

तेस्रो दिन पाकिस्तान पहिलो इनिङमा ९३ ओभरमा २ सय ७३ रनमा अल आउट हुँदै फलोअनमा परेको थियो । पाकिस्तानका कप्तान अजहर अली २ सय ७२ बलमा २१ चौका सहित १ सय ४१ रनमा अविजित रहेका थिए । मोहम्मद रिजवानले १ सय १३ बलमा ५ चौका र १ छक्का सहित ५३ रन जोडे ।

ओपनर शान मसूदलाई ४ रनमा जेम्स एन्डरसनले एलबिडब्लू आउट गरे । एन्डरसनलेनै आबिद अलीलाई १ रनमा डोम सिब्लेबाट क्याच गराए । बाबर आजमलाई एन्डरसनले ११ रनमा एलबिडब्लू आउट गर्दै इंग्ल्यान्डको पकड जमाएका थिए । असाद शफीकलाई एन्डरसनलेनै जो रुटबाट ५ रनमा क्याच आउट गराए ।

फवाद आलम पनि क्रिजमा लामो समय टिक्न सकेनन् । आलमलाई स्पिनर डोम बेसले २१ रनमा बटलरबाट क्याच गराएका थिए । यासिर शाह २०, शाहिन अफ्रिदी ३, मोहम्मद अब्बास एक र नसिम शाह शून्यमा आउट भए । एन्डरसनले ५ विकेट लिए । स्टुअर्ट ब्रोड २, क्रिस वोक्स र डोम बेसले १–१ विकेट लिए ।

त्यसअघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले १५४.४ ओभरमा ८ विकेटको क्षतिमा ५ सय ८३ रनमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका युवा ब्याट्सम्यान ज्याक क्रलीले ३ सय ९३ बलमा ३४ चौका र १ छक्का सहित २ सय ६७ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेले ।

विकेटकिपर जस बटलरले ३ सय ११ बलमा १३ चौका र २ छक्का सहित १ सय ५२ रनको उत्कृष्ट शतकीय इनिङ खेले । पाँचौ विकेटका लागि बटलर र क्रलीले ३ सय ५९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । क्रिस वोक्स ४०, स्टुअर्ट १५ रनमा आउट हुँदा डोम बेस २७ रनमा अविजित रहे ।

पाँचौ ओभरको तेस्रो बलमा शाहिन अफ्रिदीले रोरी बन्र्सलाई ६ रनमा शान मसूदबाट क्याच आउट गराए । अर्का ओपनर डोम सिब्लेलाई यासिर शाहले २२ रनमा एलबिडब्लू आउट गरे । कप्तान जो रुटलाई नसिम शाहले २९ रनमा विकेटकिपर मोहम्मद रिजवानको हातबाट क्याच गराए । पाकिस्तानका शाहिन अफ्रिदी, यासिर शाह र फवाद आलमले २–२ विकेट लिए । असाद सफीक र नसिम शाहले १–१ विकेट लिए ।

इंग्ल्यान्डका विकेटकिपर जस बटलर र पाकिस्तानका मोहम्मद रिजवान प्लेयर अफ द सिरिज चुनिए । पहिलो टेष्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी हुँदा दोस्रो टेष्ट बराबरीमा सकिएको थियो । टेष्ट सिरिजपछि अब इंग्ल्याण्ड र पाकिस्तानबीच ३ खेलको टी–२० सिरिज हुनेछ । सिरिज म्यानचेष्टरमा अगष्ट २८ मा सुरु हुनेछ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top