पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माण र संरक्षणमा खरिद प्रकृयाले समस्या

१० भदौ ७७, बिहीबार

१० भदौ, काठमाडौ ।
पुरातात्विक महत्वको सम्पदाहरुको पुर्ननिर्माण र संरक्षणमा अहिलेको खरिद प्रकृयाले समस्या गरेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले बताएको छ । सोमबारबाट सुरु भएको राष्ट्रिय परिसंवादमा प्राधिरकणले प्रस्तुत गरेका सोधपत्रहरुले यस्तो निष्कर्ष निकालेको हो ।

तीन दिने भर्चुअल परिसंवादमा पुरातात्विक महत्व लगायत विभिन्न ४६ वटा सोधपत्र प्रस्तुत भएका छन् । प्रस्तुत सोधपत्रमाथिको छलफलपछि नेपालको खरिद प्रकृयामा समस्या रहेको र त्यसले पुरातात्विक महत्वको पुर्ननिर्माण र संरक्षणमा समेत समस्या गरेको निष्कर्ष निकालेको प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले बताए । परिसंवादमा रेट्रो फिटिङको खर्च र नयाँ निर्माण गर्दा लाग्ने खर्च कति हुन्छ ? कुन कुन प्रविधिबाट गर्न सकिन्छ ? ग्रामिण इलाका र सहरी इलाकामा घर बनाउँदा आउने समस्याहरु के हुन भन्ने विषय पनि प्रस्तुत भएको उनले बताए ।

Advertisement

परिसंवादमा आजसम्म नीजि आवास, ग्रामिण इलाका र सहरी इलाकामा नीजि आवास निर्माण, पुरात्वात्तिक महत्वक, विद्यालय, अस्पताल र जीविकोपार्जन सम्बन्धि सोधपत्रमाथि छलफल भएको छ । भोली परिसंवादको अन्तिम दिन रेस्क्यु र सुशासनको सोधपत्रमाथि छलफल हुने उनले बताए । परिसंवादमा प्राप्त सुझावहरुलाई प्राधिकरण रहँदासम्म अल्पकालिन रुपमा कार्यान्वयन गरिने उनले बताए ।

१५ औं योजना परिमार्जन गर्दा छलफलमा आएका विषयहरुलाई अल्पकालिन र दिर्घकालिन रुपमा समावेश गर्नेगरी राष्ट्रिय योजना आयोगसँग छलफल गरिने उनको भनाई छ । छलफलमा पुर्ननिर्माणसँग मात्रै सम्बन्धित नभएर राष्ट्रिय विकासका योजनाहरुसँग सम्बन्धि विषयमाथि पनि छलफल जारी रहेको श्रेष्ठले बताए । भोली करिब १४ वटा सोधपत्रमाथि छलफल हुनेछ । भोलीको सत्रमा पुर्ननिर्माणमा सहयोग गर्ने दातृ निकायका प्रतिनिधिहरुले आफ्नो धारणा राख्नेछन । यस्तै अब कसरी अगाडी बढ्ने भन्ने विषयको टुंगो पनि भोलीको सत्रपछि लाग्ने उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

सम्बन्धित समाचार

Scroll to Top