बारामा एकैदिन ४ कोरोना संक्रमितको मृत्यु

१० भदौ ७७, बिहीबार

१० भदाै, बारा ।

कोरोना सङ्क्रमणबाट बारामा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । सङ्क्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

बिहान २ जना र राति दुई जनाले ज्यान गुमाएका हुन् । राति ज्याउ गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध विश्वनाथप्रसाद जैसवाल र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय अशोकप्रसाद यादव रहेको डिएसपी मिश्रले बताए । बिहान सुवर्ण गाउँपालिका वडा नम्बर ५ औरैयाका ७२ वर्षीय धुपलाल यादव र महागढीमाई नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय गेनाप्रसाद साहको मृत्यु भएको थियो । मृतक चारजनाको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो । कोरोनो पोजिभिट देखिएपछि उपचाररत रहेका उनीहरुको अस्पतालमै ज्यान गएको हो ।

Advertisement

योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । बारामा बुधबारसम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४१६ रहेको छ । सङ्क्रमितमध्ये ८२ जना कलैयास्थित गंगापुर आइसोलेशन केन्द्रमा छन् भने ३१९ जना घरमै छुट्टै बस्दै आएका छन् । सङ्क्रमण भइ उपचारपश्चात बारामा हालसम्म २९० जना घर फर्किसकेका छन् । बुधबार मात्रै बारामा २३ जना सङ्क्रमित थपिएका छन् । ४ जनाको मृत्युसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

सम्बन्धित समाचार

Scroll to Top