अमेरिकाको किनोशामा गोली चलाउने युवक पक्राउ, हिंसा नियन्त्रण गर्न सेना परिचालन

१० भदौ ७७, बिहीबार

११ भदाै, संयुक्तराज्य अमेरिका।

संयुक्तराज्य अमेरिकाको किनोशामा प्रहरीको गोलीबाट एक अश्वेत युवक जेकब ब्लेक घाइते भएको विरोधमा तीन दिनदेखि जारी प्रदर्शनकै क्रममा दुई व्यक्तिको हत्या गरेको आरोपमा एक १७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

किनोशाबाट करिब २५ किलोमिटर टाढाको इलोनोइज राज्यको एन्टिओजका ती १७ वर्षीय युवक काइल रिटेनहाउजलाई प्रदर्शनकारीमाथि गोली चलाएको आरोप छ । प्रहरीको समर्थक बताउने ती युवकले भीडमा छिरेर प्रदर्शनकारीमाथि गोली चलाएका थिए ।

Advertisement

उनले चलाएको गोलीबाट दुई जनाको मृत्यु हुनुका साथै अरु एक व्यक्ति घाइते भएका छन् । अर्ध–स्वचालित राइफल लिएर प्रदर्शनस्थलमा पुगेका काइल रिटेनहाउजले आफूले चलाएको गोली लागेर कुनै व्यक्तिको मृत्यु भएको हुन सक्ने स्वीकार गरेका छन् ।

विस्कन्सनका गभर्नर टोनी एभर्सले तीनदिनदेखि जारी हिंसा नियन्त्रणमा ल्याउन किनोशामा ५०० जना राष्ट्रिय सुरक्षा गार्ड परिचालन गर्न आदेश दिनु भएको छ । मिल्वाकी र सिकागोको बीचमा अवस्थित करिब एक लाख जनसंख्या रहेको सानो शहर किनोशाको हिंसा नियन्त्रण गर्न अरु राज्यबाट पनि सैनिक थप गर्न विचारविमर्श भइरहेको गभर्नर एभर्सले बताएका छन्।

Advertisement

अधिकारीहरुले साँझ ७ बजेदेखि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेका छन्, तर प्रदर्शनकारीहरुले बुधबार पनि निषेधाज्ञा उल्लंघन गरेका थिए । स्थानीय रिपब्लीकन र डेमोक्र्याट पार्टीका नेता, समाजसेवी र राज्यका पदाधिकारीहरुले हिंसात्मक प्रदर्शनहरु रोक्न स्थानीयवासीसँग आग्रह गरेका छन् । गभर्नर एभर्सले यस्ता पीडादायी घटना पुनः नदोहोरिने स्थिति निर्माण गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।

वासिङ्टनमा न्याय विभागले संघीय जाँच ब्यूरोका २०० भन्दा बढी संघीय सदस्यहरुलाई किनोशा पठाउन लागिएको जनाएको छ । साथै दुई हजार नेसनल गार्डका सदस्यलाई किनोशामा तैनाथ गरिने ह्वाइट हाउसले बताएको छ । मंगलबार राति मारिएका एक व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार पहिलो व्यक्तिमा विस्कन्सिन राज्यका २६ वर्षीय सिल्भर लेकको मृत्यु भएको छ भने किनोशाका अर्का ३६ वर्षीय पुरुष मारिएका छन् । घाइते भएका व्यक्ति विस्किन्सनका ३६ वर्षीय वेस्ट एलिज रहेका छन् ।

गत आइतबार प्रहरीले एक निहत्था अश्वेत २९ वर्षीय जेकब ब्लेकलाई उनका तीन बालबच्चाकै सामुन्ने सात राउन्ड गोली प्रहार गरेको थियो । उक्त घटना भएको तीन दिनपछि बुधबार गोली चलाउने प्रहरी अधिकारीको पहिचान प्रहरी विभागले सार्वजनिक गरेको छ । रस्टेन सेस्की नामका ती प्रहरी अधिकारीले चलाएको गोली लागेर सख्त घाइते भएका ब्लेकको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

गोली चलाउने क्रममा प्रहरीले ब्लेकलाई आफूसँग भएको हतियार फाल भन्दै जोडजोडले कराएको सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । तर राज्यका अधिकारीहरुले ब्लेकको साथमा चक्कु रहेपनि उनले कसैमाथि आक्रमणको प्रयास समेत नगरेको बताएका छन् । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले किनोशाको हिंसा अन्त्यका लागि आग्रह गरेका छन् ।रासस / एपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top