कुलमानलाई सामाजिक सञ्‍जालले नै नियुक्ति दिएको होला, सरकारले छैन : मन्त्री खतिवडा

११ भदौ, काठमाडौँ ।
सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् ।

Advertisement

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा जिम्मेवारी दिएकोबारे प्रष्ट पार्न सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले सामाजिक सञ्जालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको र यसबारे कुनै औपचारिक निर्णय नभएको बताए ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्त दिएको होला, सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।’ उनले थप भने– ‘औपचारिक प्रस्ताव पनि थिएन । त्यससम्बन्धि छलफल पनि केही भएको छैन ।’

Advertisement

मंगलबार मन्त्रिपरिषद् बैठक बसिरहेको बेला कुलमान घिसिङलाई फेरि जिम्मेवारी दिने निर्णय गरेको भनेर अफवाह फैलिएको थियो । कुलमानलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब आइरहेको छ । कुलमानको कार्यकाल भदौ २९ गते सकिँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top